Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
४ माघ २०८२, आईतवार
४ माघ २०८२, आईतवार

मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु


मकवानपुर । मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको छ ।

आइतबार मकवानपुर जिल्लाको मनहरि गाउँपालिका-५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो ।

घर नजिकै बारीमा घाँस काट्न गएकी ७२ वर्षीया कान्छिमाया रुम्बा अबेरसम्म घर नआएको हुँदा आफन्तले खोजी गर्दा उनको शव फेला परेको थियो ।

शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी उनलाई बाघले आक्रमण गरि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रकाशित मिति: १५ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?