Trending
>>   आज २०८१ साल पौष १६ गते मंगलबार ,हेर्नुहोस आजको राशिफल >>   ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु >>   च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम गर्दैछौंः कृषिमन्त्री अधिकारी >>   नेपाली गीत संगितहरु गुणस्तरीय बन्दै गइरहेका छन्ः मन्त्री पाण्डे >>   प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक होऔँः उपप्रधानमन्त्री सिंह >>   टुँडिखेलमा तमु ल्होसार (तस्बिरहरु) >>   नेकपा एसमा आउने सम्भावना छँदैछः वामदेव गौतम >>   गिरिबन्धु टिस्टेटमा ओलीको बद्मासीको पर्दाफास गरेरै छोड्छुः अध्यक्ष दाहाल >>   वीरगञ्ज महानगरद्वारा बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’ >>   १८ औँ वार्षिकोत्सवको अवसरमा ग्लोवल आइएमई बैंकको प्रभातफेरी
Logo
१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

स्वेज नहरमा यातायात बढाउन नयाँ लेनको परीक्षण सम्पन्न


काठमाडौँ । स्वेज नहरको नयाँ लेनमा परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । जहाजहरू नहरको दक्षिणी खण्डको १० किलोमिटर खण्डमा दुवै दिशामा जान सक्षम हुने बताएका छन् ।

स्वेज नहर प्राधिकरण (एससीए) ले ड्रेजिङको काम सकिएपछि दुईवटा जहाजले नयाँ च्यानल प्रयोग गरेको बताएका छन् । एससीएका अध्यक्ष ओसामा रबीले परियोजनालाई प्रमुख गुणात्मक छलांगको रुपमा चित्रण गरेका छन् ।

जसले नहरको क्षमता र दक्षतामा उल्लेखनीय सुधार गर्नेछ । एससीए अध्यक्षले लेनले जहाजहरूलाई बलियो धारा र मौसम अवस्था नेभिगेट गर्न मद्दत गर्ने बताएका छन् ।

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले क्षेत्रीय मुद्दाका कारण २०२४ मा स्वेज नहरको राजश्व ६० प्रतिशतभन्दा बढीले घटेको छ । लाल सागर र बाब अल मन्डब स्ट्रेटमा समस्याका कारण इजिप्टले करिब ७ अर्ब अमेरिकी डलर राजश्व गुमाएको अल–सिसीले बताएका छन् ।

राजश्व घटे पनि इजिप्टका राष्ट्रपतिले एससीएलाई नहरको प्रवद्र्धन र विकास जारी राख्न निर्देशन दिएका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?