Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

नेपाली गीत संगितहरु गुणस्तरीय बन्दै गइरहेका छन्ः मन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगितहरु गुणस्तरीय बन्दै गइरहेका बताउनुभएको छ ।सोमवार सुदूरपश्चिम कलाकार समाजले पुस पन्ध्रको अवसरमा काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नेपाली गीतहरु गुणस्तरीय बन्दै गएका कारण विदेशी गीतहरु विस्थापित हुँदै गइरहेका उल्लेख गर्नुभयो । उहाँले सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिमको भाषा राष्ट्रियकरण हुँदै गएको समेत बताउनु भयो । भाषा, साहित्य, संस्कृति र भेषभुषाको विकासमा कलाकारहरुको महत्वपूर्ण भुमिका हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सुदूरपीश्चमको भाषालाई सिंगो नेपालले सुन्न थालेको छ । यो भाषा मिठो लाग्न थालेको छ । त्यो दूरदराजबाट आज हामीले भाषा, साहित्य, संस्कृति भेषभुषालाई विकास गरी यहाँसम्म ल्याइपु¥याएका छौं । यसको अझै विकास गर्नुपर्ने छ । भाषाको विकासमा कलाकार साथीहरुको महत्वपूर्ण सहयोग हुन्छ । कुनैबेला हामीले हिन्दी गीतहरु सुन्नुपथ्र्यो । आज गुणस्तरीय बनाउन सकेकै कारणले नेपाली गीतहरु सुन्न थालेका छन् । त्यसैले गुणस्तरको सबै ठाउँमा महत्व छ । यहाँहरुको लगन र मेहेनतले गुणस्तरीय समग्रिहरु प्रश्तुत गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।’कार्यक्रममा सुदूपश्चिमका स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरुले प्रश्तुति दिनुभएको थियो ।


प्रकाशित मिति: १५ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?