Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम गर्दैछौंः कृषिमन्त्री अधिकारी


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन् ।

सोमवार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले काठमाडौंमा आयोजना गरेको च्याउ महोत्सवमा उनले यस्तो बताएका हुन् । उनले काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भइ कार्य अघि बढिसकेको बताए ।

उनले उक्त केन्द्रको निर्माण पश्चात नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरे । उनले च्याउ खेतिबाट किसानको आयआर्जन बढाउन, पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना बढाउन समेत टेवा पुग्ने बताएका छन् ।

उनले च्याउको गुणस्तरीय बीउको समस्याको कारण उत्पादक र उत्पादकत्व कम भएको उल्लेख गर्दै स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । उनले च्याउ खेतिको सुदृढिकरणका लागि सरकार, निजी क्षेत्र र किसानहरुको संयुक्त प्रयास आवश्यक रहेको समेत बताएका छन् ।

उनले भने , ‘नेपालमा व्यवसायिक रुपमा कन्ने, सिपारे, पराले, ज्ञानु, डर्मा लगायतका च्याउहरुको खेति भइरहेको छ । ४० डिग्रीको तापक्रममा उत्पादन गर्न सकिने दुधे च्याउ प्रविधिको विकास भएर व्यवसायिक खेती शुरु भइरहेको छ । यसका अलावा च्याउमा रोग किरा व्यवस्थापन, निर्मलिकरण, बीउका लागि समेत आवश्यक अनुसन्धान भइ प्रविधिहरु आइसकेको छ । च्याउको गुणस्तरीय बिउको समस्याको कारण उत्पादक र उत्पादकत्व कम भएको कारणले अबको हाम्रो ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बिउ उत्पादनतर्फ हुनुपर्ने जरुरी देखिएको छ । गुणस्तरीय बीउ कल्चर व्यवस्थापनका निमित्त कृषि मन्त्रालय मातहतका कार्यालयहरु तथा निजी क्षेत्रबाट सञ्चालनमा आएका तन्तु प्रजनन प्रयोगशालाको सुदृढिकरण तथा पानको गुणस्तर निर्धारण र नियमनका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ । र सोको लागि मन्त्रालयमा कार्य भइरहेका कुरा जानकारी गराउन चाहन्छु । काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भई कार्य अगाडि बढेको छ । उक्त स्रोत केन्द्रको निर्माण पश्चात नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा पनि आत्मनिर्भर हुने मैले विश्वास लिएको छु । च्याउ खेतीबाट किसानहरुको आयआर्जन बढाउन पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना पनि बढाउन सक्छ । तर यसका लागि सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक छ ।’

काठमाडौंको भृकुटीमण्डपमा जारी मेलामा विभिन्न ४० वटा स्टलहरु रहेका छन् । मेलाले किसानलाई च्याउखेतीतर्फ आकर्षित गर्ने विश्वास लिएका छन् ।


प्रकाशित मिति: १५ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?