Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक होऔँः उपप्रधानमन्त्री सिंह


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक हुनुपर्ने बताएका छन् ।

सोमवार टुँडिखेलमा तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राप्त अधिकार र उपलब्धि सहजै प्राप्त नगरेको भन्दै यसलाई संस्थागत गर्न जरुरी रहेको बताए ।

लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा सबै मिलेर गर्नुपर्ने बताए । उनले आम नेपाली जनताहरु राष्ट्र र समाजलाई उन्नत र सम्पन्न राष्ट्र बनाउनुपर्ने बताएका छन् ।

उनले पहिचानको सुरक्षा र संवद्र्धन गर्दै अघि बढ्न जरुरी रहेको बताए । प्राप्त अधिकारको सुरक्षा र संवद्र्धनका लागि जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्ने बताएका छन् ।

उनले भने , ‘हामी सबैले प्राप्त गरेको यो अधिकार सजिलैसँग प्राप्त गरेको होइन । धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई यसलाई सुरक्षित राख्दै, संस्थागत गर्दै हामीले यसै अधिकारलाई सुरक्षित र संस्थागत गर्दै आउँदै गरेको दिनमा आम नेपाली जनता, राष्ट्र र समाजलाई उन्नतिको एउटा उन्नत, सम्पन्न राष्ट्र बनाउन लाग्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले पुर्खाले छोडेका रितिथिति र परम्परा जोगाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताए । पुर्खाले छोडेर गएका संस्कार र संस्कृतिको जगेर्ना गर्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १५ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?