Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नेपाल संस्कृति र सभ्यताको देश होः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला र संस्कृतिको ऐतिहासिक महत्व रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा नेकपा एमाले काठमाडौं महानगर कमिटीको तुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका मन्दिर शैलीहरुको महत्व पनि फरक फरक रहेको र महत्वपूर्ण रहेको बताएका छन् ।

उनले हजारौ वर्षअघिका कला, संस्कृति र सभ्यता नेपालको पहिचान भएको बताए । उनले नेपाल संस्कृति, सभ्यताको देश भएको बताए । उनले नेपालका गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएको बताएका छन् ।

उनले भने , ‘हाम्रा चाडहरु, हाम्रा संस्कृतिहरु अत्यन्त महत्वपूर्ण रहेका छन् । नेपालको कला, नेपालको संस्कृतिको अत्यन्तै ऐतिहासिक महत्व छ । हाम्रा मन्दिरहरु, मन्दिरका शैलीहरु, विभिन्न प्रकारका शैलीहरुको आफ्नै महत्व छ । आफ्नै इतिहास छ । हजारौँ वर्ष अघिदेखि हाम्रा कलाहरु स्थापित र प्रचलित छन् । विभिन्न देशबाट कला सिक्न मानिसहरु आउने गरेका छन् । यो कलाहरुको देश हो । संस्कृतिको देश हो । यो सभ्यताको देश हो । यहाँ गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएका छन्, समृद्ध ढंगले विकास भएका छन् । वाद्यवादन धुन आफ्नै मौलिकताका छन् ।’

प्रधानमन्त्री ओलीले संस्कृति, चाड र परम्परालाई जीवित राख्नुपर्ने बताए ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?