Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नेपाल संस्कृति र सभ्यताको देश होः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला र संस्कृतिको ऐतिहासिक महत्व रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा नेकपा एमाले काठमाडौं महानगर कमिटीको तुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका मन्दिर शैलीहरुको महत्व पनि फरक फरक रहेको र महत्वपूर्ण रहेको बताएका छन् ।

उनले हजारौ वर्षअघिका कला, संस्कृति र सभ्यता नेपालको पहिचान भएको बताए । उनले नेपाल संस्कृति, सभ्यताको देश भएको बताए । उनले नेपालका गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएको बताएका छन् ।

उनले भने , ‘हाम्रा चाडहरु, हाम्रा संस्कृतिहरु अत्यन्त महत्वपूर्ण रहेका छन् । नेपालको कला, नेपालको संस्कृतिको अत्यन्तै ऐतिहासिक महत्व छ । हाम्रा मन्दिरहरु, मन्दिरका शैलीहरु, विभिन्न प्रकारका शैलीहरुको आफ्नै महत्व छ । आफ्नै इतिहास छ । हजारौँ वर्ष अघिदेखि हाम्रा कलाहरु स्थापित र प्रचलित छन् । विभिन्न देशबाट कला सिक्न मानिसहरु आउने गरेका छन् । यो कलाहरुको देश हो । संस्कृतिको देश हो । यो सभ्यताको देश हो । यहाँ गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएका छन्, समृद्ध ढंगले विकास भएका छन् । वाद्यवादन धुन आफ्नै मौलिकताका छन् ।’

प्रधानमन्त्री ओलीले संस्कृति, चाड र परम्परालाई जीवित राख्नुपर्ने बताए ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?