Trending
>>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह >>   बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

शैक्षिक कार्यक्रम उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न सकेनन्ः शिक्षामन्त्री


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक कार्यक्रमहरु उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न नसकेको गुनासो गरेकी छिन् ।

शनिवार त्रिभूवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भौतिक पूर्वाधारको सिमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयहरुलाई प्राथमिकिकरण गर्न नसक्नु जस्ता विषयहरु विश्वविद्यालयको विकासका लागि बाधक बनेको बताएकी छिन् ।

उनले विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रहरुमार्फत अनुसन्धानका कामहरु गरिरहेको बताईन् । उनले विश्वविद्यालयसँग थुप्रै उपलब्धिहरु हुँदाहुँदै पनि केही चुनौतिहरु रहेको र त्यसको सामना गरी समाधानका व्यवहारिक प्रयत्नहरु गर्न सक्नुपर्ने बताएकी छिन् ।

उनले उपाधि हाँसिल गरेपनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न नसकिरहेको भन्दै विदेशलाई पहिलो रोजाई बनाउँदै पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको बताएकी छिन् ।

उनले भनिन् , ‘त्रिभूवन विश्वविद्यालयले ज्ञान, सीप र नवप्रर्वनमा जोड दिँदै एक अविचलित संस्थाको रुपमा आफूलाई स्थापित गरिरहेको छ । व्यवस्थापन, शिक्षा, मानविकी, विज्ञान, कानून, इन्जिनियरिङ, चिकित्सा, कृषि, वनविज्ञानजस्ता विविध विषयहरुमा स्नातकदेखि डाक्टरीसम्मका कार्यक्रमहरु मार्फत शिक्षा प्रदान गरिरहेको छ । विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रहरुमार्फत अनुसन्धानका कामहरु गरिरहेको छ । विश्वविद्यालयसँग थुप्रै उपलब्धिहरु हुँदाहुँदै पनि केही चुनौतिहरु छन् । जसलाई हामीले सामना गरी समाधानका व्यवहारिक प्रयत्नहरु गर्न सक्नुपर्दछ । विश्वविद्यालयका स्नातक उपाधि प्राप्त गरेका विद्यार्थीसँग व्यवहारिक ज्ञान र रोजगारीका अवसरहरुको अभाव छ । उपाधि हाँसिल गरेपनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न सकिरहेका छैनन् । विदेशलाई पहिलो रोजाई बनाउँदै पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको छ । यस्तो अवस्था हुनुमा हाम्रा शैक्षिक कार्यक्रमहरु वृहत रुपमा भएपनि उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्नसकेका छैनन् । भौतिक पूर्वाधारको सिमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयहरुलाई प्राथमिकिकरण गर्न नसक्नु जस्ता विषयहरु विश्वविद्यालयको विकासका लागि बाधक बनेका छन् ।’

मन्त्री भट्टराईले विश्वविद्यालयका चुनौतिहरु समयमै सुधार गर्नुपर्ने बतईन् । चुनौतिका रुपमा देखापरेका विषयलाई सुधार गर्नसकेमात्रै विश्वविद्यालयको उचाईलाई जीवित राख्नसक्ने बताएकी छिन् ।

शैक्षिक कार्यक्रमहरु रोजगार क्षेत्र र बजारको मागअनुरुप सान्दर्भिक बनाउने सुनिश्चितता गर्न सक्नुपर्ने बताएकी छिन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?