Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

विश्वविद्यालय शिक्षाको मन्दिर होः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

शनिवार त्रिभूवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमाअघि बढाउनुपर्ने र आदरणीय, प्राचनिय थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

उनले मन्दिरमा जाँदा सकारात्मक भाव पैदा भएझैँ विश्वविद्यालयमा जाँदा पनि सकारात्मक भावका साथ जानुपर्ने बताए । उनले नेपाली समाज सभ्य समाज रहेको उल्लेख गर्दै त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरुलाई सुधार गर्दै जाने बताएका छन् ।

उनले भने , ‘त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरु होलान्, भौतिक पूर्वाधारका कमी होलान्, अरु कुराहरुका कमी होलान्, पर्याप्त भयो भन्ने दिन कहिल्यै हुँदैन, कमी त भइरहन्छन्, आर्थिक अवस्था कमजोर होला, त्यसलाई हामी सच्याउँदै जानेछौँ । त्रिभूवन विश्वविद्यालयलाई धन्यवाद भन्न चाहन्छु, त्रिभूवन विश्वविद्यालयले स्थापना कालदेखि जुन योगदान गर्नुभएको छ यसका लागि धेरै धन्यवाद भन्न चाहन्छु । एउटा कुरामा हामीले ध्यान दिनुपर्छ । आजको शैक्षिक जगत शैक्षिक जगत जस्तो नदेखिएर कहिले कहिले अन्यथा प्रकारका प्रवृत्तिहरु पनि देखिन थालेका छन्, यस कुरामा हामी सजग हुनुपर्छ । हामीले शिक्षाको मन्दिरलाई शिक्षाको मन्दिरको रुपमा विश्वविद्यालयलाई आदरणीय, प्राचनिय थलोको रुपमा जसरी हामी मन्दिरमा जाँदा एउटा भाव प्रकट गर्दछौँ, विद्यालय, विश्वविद्यालय, महाविद्यालयमा पुग्दा त्यो भाव हुनुपर्छ । हाम्रो समाज सभ्य समाज हो ।’

प्रधानमन्त्री ओलीले सकारात्मक सोचका साथ नेपाली विद्यार्थीले देशमा काम गर्नुपर्ने बताएका छन् । नयाँ सोच र विज्ञतालाई अध्ययन र अनुसन्धानबाट विद्यार्थी स्थापित हुनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?