Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुँदै


काठमाडौँ । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव विकास रिमालले पौष १५ गते काठमाडौंको भृकुटीमण्डपमा एक दिने च्याउ मेला सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनकाअनुसार ‘च्याउ किसानको जागरुकता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’भन्ने नारासहित यस वर्ष च्याउ दिवस मनाइँदैछ । हरेक वर्षको पौष १५ लाई राष्ट्रिय च्याउ दिवसका रुपमा मनाउने गरिएको बताएका छन् ।

उनले मेलामा ४० वटा स्टल रहने र १५ गते बिहान नै कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डसम्म मोटरसाइकल र्‍याली हुने जानकारी दिए । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रयोगात्मक प्रदर्शनी मेलामा हुने बताए ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष सन्तोष कार्कीले च्याउमा नेपाल अब छिटै नै आत्मनिर्भर बन्ने बताए । उनले विदेशबाट आयात हुने गोलो च्याउ प्रतिष्थापन गर्न सफल भएको बताए । २०७९–०८० मा ३ लाख १७ हजार ९३३ किलो भन्सारबाट गोलो च्याउ आयात भएको भएपनि २०८०–०८१ मा ८२ हजार ३१० किलो मात्रै आयात भएको बताएका छन् ।

उनले भने , ‘गोलो च्याउको हकमा हामीले २०६१ सालमा दर्ता भएको हो । गोलो च्याउ हाम्रा दुई वटा छिमेकी राष्ट्रहरुबाट अत्याधिक रुपमा आउने गरेको थियो । यसको हामीले धेरै बिरोध गरेका थियौँ । ल्याउनलाई निरुत्साहित गर्ने अभियान चलायौँ । दोस्रो उत्पादन गरेर प्रतिष्थापन गर्नुपर्छ भनेर अभियान चलायौँ । २०७९–०८० मा ३ लाख १७ हजार ९३३ किलो भन्सारबाट आएको छ । लिगल्ली । २०८०–०८१ को डाटामा ८२ हजार ३१० छ । यो ४ गुणा जति घटेको छ । अहिले मंसिरम्मको हेर्नुभयो भने १ हजार २८० किलो मात्रै आयात छ । गोलो च्याउ धेरै उत्पादन गरेर बाहिरबाट आयात हुने च्याउलाई प्रतिष्थापन गरेका छौँ ।’

उनले सस्तो र व्यवस्थित उत्पादन प्रणालीसँग प्रतिष्पर्धा गर्न किसान र उत्पादन सक्षम र प्रतिष्पर्धी हुनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?