Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुँदै


काठमाडौँ । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव विकास रिमालले पौष १५ गते काठमाडौंको भृकुटीमण्डपमा एक दिने च्याउ मेला सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनकाअनुसार ‘च्याउ किसानको जागरुकता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’भन्ने नारासहित यस वर्ष च्याउ दिवस मनाइँदैछ । हरेक वर्षको पौष १५ लाई राष्ट्रिय च्याउ दिवसका रुपमा मनाउने गरिएको बताएका छन् ।

उनले मेलामा ४० वटा स्टल रहने र १५ गते बिहान नै कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डसम्म मोटरसाइकल र्‍याली हुने जानकारी दिए । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रयोगात्मक प्रदर्शनी मेलामा हुने बताए ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष सन्तोष कार्कीले च्याउमा नेपाल अब छिटै नै आत्मनिर्भर बन्ने बताए । उनले विदेशबाट आयात हुने गोलो च्याउ प्रतिष्थापन गर्न सफल भएको बताए । २०७९–०८० मा ३ लाख १७ हजार ९३३ किलो भन्सारबाट गोलो च्याउ आयात भएको भएपनि २०८०–०८१ मा ८२ हजार ३१० किलो मात्रै आयात भएको बताएका छन् ।

उनले भने , ‘गोलो च्याउको हकमा हामीले २०६१ सालमा दर्ता भएको हो । गोलो च्याउ हाम्रा दुई वटा छिमेकी राष्ट्रहरुबाट अत्याधिक रुपमा आउने गरेको थियो । यसको हामीले धेरै बिरोध गरेका थियौँ । ल्याउनलाई निरुत्साहित गर्ने अभियान चलायौँ । दोस्रो उत्पादन गरेर प्रतिष्थापन गर्नुपर्छ भनेर अभियान चलायौँ । २०७९–०८० मा ३ लाख १७ हजार ९३३ किलो भन्सारबाट आएको छ । लिगल्ली । २०८०–०८१ को डाटामा ८२ हजार ३१० छ । यो ४ गुणा जति घटेको छ । अहिले मंसिरम्मको हेर्नुभयो भने १ हजार २८० किलो मात्रै आयात छ । गोलो च्याउ धेरै उत्पादन गरेर बाहिरबाट आयात हुने च्याउलाई प्रतिष्थापन गरेका छौँ ।’

उनले सस्तो र व्यवस्थित उत्पादन प्रणालीसँग प्रतिष्पर्धा गर्न किसान र उत्पादन सक्षम र प्रतिष्पर्धी हुनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?