Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अहिलेको सरकारलाई झुकाएरै छोड्छौँः मेटमणि चौधरी


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले दलाल पुँजीपतिहरुको लागि बनेको सरकारले श्रमीकहरुको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरेका छन् ।

श्रमीकहरुको पक्षमा आफ्नो पार्टीले संसद र सडकमा साथ दिने भन्दै उनले अहिलेको सरकारलाई कुनैपनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा काम गर्न नदिने बताए । वर्तमान सरकारलाई श्रमीकको पक्षमा झुकाएरै छोड्ने उनको दाबी छ ।

अनौपाचारिक क्षेत्रमा रहनुभएका श्रमीकलाई औपचारिक क्षेत्रमा ल्याउन आफ्नो पार्टी सदैव तयार रहेको बताएका छन् ।

उनले भने , ‘एक त यो सरकार त्यसै पनि दलाल पुँजीपतिहरुको लागि बनेको सरार हो । तपाईंहरु फिल्डमा आन्दोलन गर्नुस्, प्रेसर गर्नुस् । हामी संसदमा गर्छौं, बोल्छौँ, सरकारलाई दबाब दिन्छौँ, तपाईंहरुको पावरको कारणले हामीले पनि त्यो खालको शक्ति संसदभित्र प्राप्त हुनेछ । सरकारलाई कुनैपनि हालतमा दलालको पक्षमा, उद्योगीहरुको पक्षमा, पुँजीपतिहको पक्षमा बनेको सरकारले कुनैपनि हालतमा हामीले झुकाउनुपर्छ । यसको लागि हाम्रो पार्टी तयार छ । इन्फरमल च्यानलमा रहनुभएका श्रमीकलाई फर्मल च्यानलमा ल्याउन हाम्रो पार्टी तयार छ ।’

उनले श्रमीकको पक्षमा ध्यान दिन सरकारले नसकेको जिकिर गरे । श्रमीकहरुले आफ्नो ठाउँबाट आन्दोलनको शुरुवात गर्न आह्वान गरे । श्रमीकको आन्दोलनलाई अझ सशक्त बनाउन जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?