Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन् ।

शनिवार काठमाडौंमा पि.एल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पि.एल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको बताएका छन् ।

स्व. सिंहले काठमाडौंवासीको सेवा महत्वका साथ समर्पित भएर गर्नुभएको बताए । उनले जनताकाप्रति उत्तरदायी भएकाले नै स्व. सिंह आँखामा नबिझाउने व्यक्ति रहेको बताए । उनले स्व. सिंहले देखाउनुभएको बाटोमा हिँड्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने बताएका छन् ।

उनले भने , ‘उहाँ कहिल्यै नथाक्ने, अत्यन्तै क्रियाशिल र सक्रिय व्यक्तिको रुपमा मैले लिएको छ । उहाँले गणेशमानजीको बलिदानलाई मात्रै होइन, काठमाडौंवासीहरुको सेवा पनि उहाँले महत्वका साथ समर्पित भएर गर्नुभयो । उहाँ मेहनती, लोकप्रिय, नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको मेयरमा उहाँमात्रै जित्नुयो । अहिलेसम्म हामीले अरुले जितेको छैन । जनताकाप्रति उत्तरदायी भएकाले उहाँ लोकप्रिय हुनुभएको हो । उहाँको जति बखान गरेपनि कम हुन्छ । उहाँ आँखामा नबिझाउने व्यक्ति हुनुुहुन्थ्यो । पार्टीका लागि अपूरणीय क्षति भएको छ । राष्ट्रका लागि नै अपूरणीय क्षति भएको छ । त्यसको क्षतिपूर्ति हामी गर्न सक्दैनौँ । तर पनि उहाँले देखाएको बाटोमा हिँड्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । उहाँको बाटोमा हिँड्दा पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्नेछ ।’


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?