Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अंग्रेजी नयाँ वर्षको अवसरमा शान्तिनगरमा अर्थोपेडिक्स अस्पतालको स्वास्थ्य शिविर


काठमाडौँ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाल अर्थोपेडिक अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

शनिवार काठमाडौंको शान्तिनगरमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । स्वास्थ्य शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु उपलब्ध गराउने अस्पतालका निर्देशक डा. कैलाशकुमार भण्डारीले बताएका छन् ।

उनले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयाग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताए । उनले काठमाडौं बाहिर निःशुल्क स्वास्थ्य शिविर राखेपनि काठमाडौं उपत्यकामा लक्षित गरी अहिले शिविर सञ्चालन गरेको जानकारी दिएका छन् ।

उनले सुकुम्बासी र निम्न वर्गका नागरिकहरुका लागि समाजप्रतिको दायित्व निर्वाह गर्न स्वास्थ्य शिविर राखेको जानकारी दिए । सिद्धेश्वर माध्यामिक विद्यालयमा सञ्चालन भइरहेको शिविर आज बिहान ९ बजेदिख दिउँसो २ बजेसम्म हुने बताएका छन् ।

शिविरमा उल्लेख्य मात्रामा मानिसहरुको उपस्थिति रहेको बताए । नकारात्मकता बढी फैलिरहेको अवस्थामा समाजमा सकारात्मक उर्जा दिन कार्यक्रम राखिएको र महिनामा दुई पटक शिविर सञ्चालन गर्न लागएको जानकारी दिएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?