Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

अंग्रेजी नयाँ वर्षको अवसरमा शान्तिनगरमा अर्थोपेडिक्स अस्पतालको स्वास्थ्य शिविर


काठमाडौँ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाल अर्थोपेडिक अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

शनिवार काठमाडौंको शान्तिनगरमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । स्वास्थ्य शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु उपलब्ध गराउने अस्पतालका निर्देशक डा. कैलाशकुमार भण्डारीले बताएका छन् ।

उनले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयाग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताए । उनले काठमाडौं बाहिर निःशुल्क स्वास्थ्य शिविर राखेपनि काठमाडौं उपत्यकामा लक्षित गरी अहिले शिविर सञ्चालन गरेको जानकारी दिएका छन् ।

उनले सुकुम्बासी र निम्न वर्गका नागरिकहरुका लागि समाजप्रतिको दायित्व निर्वाह गर्न स्वास्थ्य शिविर राखेको जानकारी दिए । सिद्धेश्वर माध्यामिक विद्यालयमा सञ्चालन भइरहेको शिविर आज बिहान ९ बजेदिख दिउँसो २ बजेसम्म हुने बताएका छन् ।

शिविरमा उल्लेख्य मात्रामा मानिसहरुको उपस्थिति रहेको बताए । नकारात्मकता बढी फैलिरहेको अवस्थामा समाजमा सकारात्मक उर्जा दिन कार्यक्रम राखिएको र महिनामा दुई पटक शिविर सञ्चालन गर्न लागएको जानकारी दिएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?