Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत छैनः पूर्वपर्यटनमन्त्री भट्टराई


काठमाडौँ । पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत नभएको बताएका छन् ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएशन मिट—२०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नुगलत भएको बताएका छन् ।

उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बिआरआई परियोजना सम्बन्धि भएका १० परियोजनाको सम्झौतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नरहेको स्पष्ट देखिएको बताएका छन् । उनले सम्झौता हुँदा उल्लेख भएका १० रेल्व,सडक,शिक्षा र ट्रान्समिसन लाइन लगायका परियोजनाहरु रहेको भन्दै पोखरा विमानस्थल नभएको बताए ।

उनले सरकारको बिआरआईका १० वटै आयोजनाहरु अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहना रहेको बताए । उनले एमसिसि र बिआरआईको पक्षधर भएको भन्दै एमसिसिको कुरा गर्दा चीनलाई बीचमा नेपालले नल्याउने बताए । उनले बिआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नु नपर्ने उल्लेख गरे ।

उनले भने ,‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना होइन । प्रधानमन्त्रीको चीन भ्रमणमा भएको बिआरआई फ्रेमवर्कमा हस्ताक्षर हुँदा कुन–कुन आयोजना गरेका छन् । सबैलाई थाहा भएको छ । सम्झौता हुँदा उल्लेख भएका १० आयोजनाहरु बिआरआई परियोजना भित्रका हुन । रेल्व,सडक,शिक्षा र ट्रान्समिसन लाइन लगायका परियोजनाहरु छन् । जसमा १० वटै आयोजनाहरु अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहाना हो । यसमा स्पष्ट छ । यो परियोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छैन । दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलाउनको लागि प्रोत्साहन गर्नुपर्छ । सरकारले केही सहुलियत दिने घोषणा गरेको छ । राजश्वमा समेत छुट दिएको छ । हामी एमसिसि र बिआरआईको पक्षधर हो । भारतका कतिपय नेपालको हितका हुने कामको पक्षमा पनि हो । हामी एमसिसिको कुरा गर्दा चीनलाई बीचमा ल्याउँदैनौं । बिआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नुपर्दैन । भारतीय एक्जिम बैंकको पैसा कहाँ लगानी गर्ने भनेर चीनसँग सल्लाह गर्न जाँदैनौं । यो अहिलेको सरकारको स्ट्याण्डिङ नीति हो । यसलाई अनावश्यक रुपमा मिडिया बाजी गर्ने कुरा राम्रो हुँदैन । यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई बिगार्ने काम गर्छ ।’

उनले दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलाउनको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले सरकारले केही सहुलियत दिएर भएपनि दुवै विमानस्थललाई सञ्चालनमा ल्याउनुको विकल्प नभएको बताए ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?