Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्‍याउँछः उपप्रधानमन्त्री सिंह


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्‍याउने बताएका छन् ।

शुक्रवार ‘मध्यपुर महोत्सव २०८१’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन महोत्सवले प्रत्यक्ष प्रभाव पार्ने बताएका छन् ।

मेला महोत्सवहरुले स्थानीय उत्पादन स्वदेशी सामग्रिको अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग पुग्ने उनको विश्वास छ । उनले स्थानीय उत्पादनदेखि लिएर समाजमा उपलब्ध स्रोत र साधनको उपयोग गरेर देशभित्रै व्यापार व्यवसाय गर्न नयाँ पुस्तामा जागरुकता ल्याउनुपर्ने उको भनाइ छ ।

उनले भने , ‘अहिले हामी जन्मेको ठाउँमा बस्यो भने के हुन्छ र ? भन्ने खलाको नकारात्मक कुराहरु भइरहेका छन् । तर आफ्नै गाउँठाउँमा बसेर काम गर्ने इच्छा भयो भने मौका र अवसर मिल्छ भन्ने कुरा कृषि लगायतका क्षेत्रमा काम त गर्नसक्छौं नि त । काम गर्ने इच्छा भयो भने काम गर्ने ठाउँहरु प्रशस्त छ भन्ने कुराहरु मेला महोत्सवहरुले देखाइ नै रहेका छन् । स्थानीय उत्पादन, सामग्रीदेखि लिएर मौका पनि मिल्ने र नयाँ पिँडिलाई पनि काम गरेर खानु राम्रो कुरा हो । हामीसँग भएको स्रोत र साधनको उपयोग गरेर अगाडि बढ्नु राम्रो हुन्छ । मध्यपुर ठिमी महोत्सवले सबैलाई एकै ठाउँमा ल्याउने काम गर्नेछ । ठिमीका जनतालाई मात्र नभएर समग्र देशमका बासिन्दाहरुलाई जमघठ गरेर अन्तरक्रिया गर्ने अवसर जुराएको छ । नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनका महोत्सवले प्रत्यक्ष रुपमा धेरै ठूलो प्रभाव पार्छ । आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि यस्ता महोत्सवहरुले काम गर्ने गर्दछन् । महोत्सवको तयारीका लागि समय लागेको भएपनि मध्यपुर ठिमीको मात्र नभई समग्र नेपालको अर्थतन्त्र चलायमान बनाउनका लागि टेवा पुग्ने भएका कारण यस्ता महोत्सवहरु हामीले ठाउँ ठाउँमा आयोजना गर्नुपर्दछ ।’

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठाउँठाउँमा मेला महोत्सवहरुको आयोजना गर्नुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?