Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो


काठमाडौँ । तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा (सख्खर) र तिलको कारोबार सुरु भएको छ । आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन् ।

पर्वमा ‘लाई’ बनाइने तिल दुई/तीनपटक फलेर (तिललाई पानीमा भिजाएर भुस निकाल्ने) राम्ररी सुकाइनुपर्ने हुँदा यसको काम गृहिणीले केही साता पहिले नै सुरु गर्ने प्रचलन छन् । तिल र उखु उत्पादक किसानहरूसमेत अरू काम थाती राखेर आजभोलि तिल चुट्ने, निफन्ने र उखु पेलेर सख्खर बनाउने काममा व्यस्त देखिन्छन् ।

बर्दिबास–२ की फुलमाया मगरलाई पनि अचेल यस्तै चटारो छ । चाँडै बजार पु¥याइएन नसकिए उत्पादनको राम्रो मूल्य नपाइने भएकाले आफूहरू अरु काम छोडेर यसैमा लागेका उनले बताएका छन् ।

“आधा पुस त जानै लाग्यो, अब पुस २० अघि त तिल बेच्न नभ्याएपछि भाउ पाइँदैन”, मगर भन्छन् , “त्यसैले अहिले अरू काम थाती राखेर परिवारै तिल बनाउन लागेका छौँ ।”

यसपालि पाँच कट्ठा जग्गामा बटैया तिलखेती गर्नुभएकी मगरको यही बेचेर घरका लागि आवश्यक सामानकामे जोहो गर्ने योजना छ । राम्ररी निफनिएको तिल प्रतिकिलोग्राम रु चार सयमा बिक्री भइरहेको उनले जानकारी दिए ।

यसैगरी, उखुखेती किसान पनि अहिले धमाधम उखु पेलेर मिठ्ठा पकाउन व्यस्त छन् । राम्रो मिठ्ठा प्रतिकिलोग्राम रु एक सय २० को हाराहारीमा बिक्री भइरहेको हुँदा उखु पेलेर मिठ्ठा बनाउने काममा जुटेको भङ्गाहा–४ प्रेमनगरका सुफल महतो बताउछन् । यसपालि १० कठ्ठामा उखुखेती गरेका महतोको पुस तेस्रो साताभित्रै धेरैजसो उखु पेलिसक्ने योजना छ ।

गरिब किसानले यहाँ तिलासक्रायत पर्व आफ्नो उत्पादनले राम्रो भाउ पाउने अवसरका रूपमा लिन्छन् । तिल, सख्खरका अतिरिक्त यस पर्वमा सख्खरखण्ड ९सुठुनी०, तरुल, मास, पिँडालुुलगायत फसल बढी प्रयोग हुने हुँदा किसानहरू लाभान्वित हुने गरेका छन् ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?