Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो


काठमाडौँ । तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा (सख्खर) र तिलको कारोबार सुरु भएको छ । आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन् ।

पर्वमा ‘लाई’ बनाइने तिल दुई/तीनपटक फलेर (तिललाई पानीमा भिजाएर भुस निकाल्ने) राम्ररी सुकाइनुपर्ने हुँदा यसको काम गृहिणीले केही साता पहिले नै सुरु गर्ने प्रचलन छन् । तिल र उखु उत्पादक किसानहरूसमेत अरू काम थाती राखेर आजभोलि तिल चुट्ने, निफन्ने र उखु पेलेर सख्खर बनाउने काममा व्यस्त देखिन्छन् ।

बर्दिबास–२ की फुलमाया मगरलाई पनि अचेल यस्तै चटारो छ । चाँडै बजार पु¥याइएन नसकिए उत्पादनको राम्रो मूल्य नपाइने भएकाले आफूहरू अरु काम छोडेर यसैमा लागेका उनले बताएका छन् ।

“आधा पुस त जानै लाग्यो, अब पुस २० अघि त तिल बेच्न नभ्याएपछि भाउ पाइँदैन”, मगर भन्छन् , “त्यसैले अहिले अरू काम थाती राखेर परिवारै तिल बनाउन लागेका छौँ ।”

यसपालि पाँच कट्ठा जग्गामा बटैया तिलखेती गर्नुभएकी मगरको यही बेचेर घरका लागि आवश्यक सामानकामे जोहो गर्ने योजना छ । राम्ररी निफनिएको तिल प्रतिकिलोग्राम रु चार सयमा बिक्री भइरहेको उनले जानकारी दिए ।

यसैगरी, उखुखेती किसान पनि अहिले धमाधम उखु पेलेर मिठ्ठा पकाउन व्यस्त छन् । राम्रो मिठ्ठा प्रतिकिलोग्राम रु एक सय २० को हाराहारीमा बिक्री भइरहेको हुँदा उखु पेलेर मिठ्ठा बनाउने काममा जुटेको भङ्गाहा–४ प्रेमनगरका सुफल महतो बताउछन् । यसपालि १० कठ्ठामा उखुखेती गरेका महतोको पुस तेस्रो साताभित्रै धेरैजसो उखु पेलिसक्ने योजना छ ।

गरिब किसानले यहाँ तिलासक्रायत पर्व आफ्नो उत्पादनले राम्रो भाउ पाउने अवसरका रूपमा लिन्छन् । तिल, सख्खरका अतिरिक्त यस पर्वमा सख्खरखण्ड ९सुठुनी०, तरुल, मास, पिँडालुुलगायत फसल बढी प्रयोग हुने हुँदा किसानहरू लाभान्वित हुने गरेका छन् ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?