Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भीम रावललाई एमाले संगठित सदस्यबाट हटाइयो


काठमाडौँ। नेकपा (एमाले)ले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रिय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी समेत खोसेको छ । पार्टीको भवन निर्माणको सन्दर्भमा विधानभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै दुवैजनामध्ये पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रिय कमिटीबाट ६ महिनाका लागि निलम्वित गरिएको ज्ञवालीले बताएका छन् ।

बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने, ‘बैठकले पार्टी केन्द्रिय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रिय कार्यालय काठमाडौंमा गर्ने निर्णय गरेको छ । बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन लगायतका चार वटा एजेण्डा तय गरेका छौं । सोहि एजेण्डामा केन्द्रित रहेर यो बैठक सम्पन्न हुनेछ । अनि हामीले वितेका पाँच महिनामा कांग्रेस–एमाले गठबन्धन सरकारको बारेमा समग्र समिक्षा गर्यौ । यो पाँच महिनाको अवधीमा केही महत्वपूर्ण काम गरेको भन्दै बैठक सन्तुष्टि पनि व्यक्त गरेको छ । अझ थप गति सरकारका कामहरुमा ल्याउनुपर्ने र अझै धेरै सुधारका कामहरुलाई अगाडि बढाउने आवश्यकता पनि बोध गरेको छ । खासगरि अर्थतन्त्रमा केही सुधारहरु देखा परेका छन् । शेयरबजार उच्चबिन्दुमा छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास भएर कार्यान्वयनको पक्षमा गएको छ । बाह्य सम्बन्ध विस्तारमा प्रगति भएको छ । चीन सरकारसँग फ्रेमवर्कमा भएको हस्ताक्षर र अरु विभिन्न मुलुकसँग भएका निर्णयहरु महत्वपुर्ण छन् । पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई हामीले स्पष्टीकरण सोधेका थियौँ । तर उहाँहरूले गल्ती स्वीकारेको देखिएन । पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरूको जिम्मेवारी ६ महिनाका लागि स्थगित गरिएको छ । पार्टीका पूर्वउपाध्यक्ष रावलले पार्टीभित्र दिइएको जिम्मेवारी निर्वाह नगरेको भन्दै पार्टीको साधारण सदस्यबाट निस्काषन गर्ने निर्णय भएको छ ।’

उनले बैठकमा संविधान र संघीयताको गम्भिर समिक्षा गर्नुपर्नेबारे छलफल भएको भन्दै यसका लागि कार्यदल बनाउने काममा अघि बढ्ने निर्णय भएको बताएका छन् ।


प्रकाशित मिति: १० पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?