Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना


काठमाडौँ । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना भएका छन् ।

जिल्लाका विभिन्न स्थानबाट ढल्केबर बजारमा बिक्रीका लागि ल्याइने हरियो तरकारी तथा फलफूलमा हुनसक्ने विषादीको मात्रा जाँच गर्ने उद्देश्यले सो प्रयोगशाला स्थापना गरी आजदेखि सञ्चालनमा ल्याइएका हुन् ।

मन्त्रालयअन्र्तगतका केन्द्रीय कृषि प्रयोगशालाद्वारा स्थानीयलाई विषादीरहित कृषिउपज उपलब्ध गराउने उद्देश्यले ढल्केबरमा उक्त प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको यहाँस्थित कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिएका छन् ।

केन्द्रीय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीले खेतबारीमा कति मात्रामा विषादी छर्कने र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबारे जानकारीमूलक सूचना समयसमयमा दिइरहनुपर्नेमा जोड दिएका छन् ।

उनले भने , “३५ प्रतिशत भन्दा कम विषादी प्रयोग भएको देखिएमा खानयोग्य हुन्छ, ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गनुपर्छ, ४५ प्रतिशतभन्दा बढी विषादी प्रयोग भएको देखिएमा अखाद्य मानिन्छ र त्यो वस्तु खानयोग्य हुँदैन ।” केन्द्रीय प्रयोगशालाको सहयोगमा रु ४० लाख लागतमा यहाँ प्रयोगशाला निमार्णमा भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल र केन्द्रीय प्रयोगशालाका प्रमुख कार्कीले संयुक्त रूपमा आज प्रयोगशालाको उद्घाटन गरेका छन् ।


प्रकाशित मिति: १० पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?