Trending
>>   चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छ: राष्ट्रपति >>   मौसम : यी चार प्रदेशमा आज आंशिक बदली हुने >>   आज २०८१ साल पौष १० गते बुधबार ,हेर्नुहोस आजको राशिफल >>   संघीय निजामती सेवा विधेयक एकात्मक शासन व्यवस्थाको मानसिकता राखेर आयो >>   एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति कानूनी रुपमा अन्त्य गर्नुपर्छः सांसद शर्मा >>   निजी क्षेत्रको लगानी संकुचित बनाउने गरी विद्युत विधेयक आउनु हुँदैनः महामन्त्री थापा >>   राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी:सांसद पदमबहादुर परियार >>   संघीयताको सन्तुलित कार्यान्वयन नभएको:सांसद पूजा चौधरी >>   प्रशासनिक र राजनीतिक संघीयताको बहस नहुँदा प्रदेश र स्थानीय सरकार अलमलमा:सांसद शेर्पा >>   प्रदेश सरकारसँग समेत राष्ट्रिय सभाको कडी टुटेको:सांसद रेणु चन्द
Logo
१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी:सांसद पदमबहादुर परियार


काठमाडौँ। नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी रहेको बताए ।

उनले सरकारले बजेट तथा कार्यक्रम ल्याउँदा प्रतिनिधि सभाले पास नगरी राष्ट्रिय सभामा छलफल गराउनसके केही हदसम्म गरिमा बढ्ने बताए ।

उनले यसका लागि सभामुख र प्रधानमन्त्रीसँग आवश्यक छलफल गर्न राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराएका छन् । उनले राष्ट्रिय सभा सदस्यहरुलाई मतदातासँग अन्तरक्रिया गर्न सहज वातावरण मिलाउन जरुरी रहेको समेत बताएका छन् ।

उनले भने , ‘राष्ट्रिय सभाको गरिमा भएन भनेर जताततै टिप्पणीहरु भइरहेका छन् । गरिमा बढाउनको लागि अध्यक्षज्युले एउटा काम चाँही गर्नुपर्यो त्यो के भने जब सरकारले बजेट र कार्यक्रम प्रश्तुत गर्छ । त्यो बजेट र कार्यक्रम प्रतिनिधि सभाले पास गरिसकेपछि राष्ट्रिय सभामा छलफल गराउने होइन । यसले हाम्रो इज्जत गएको छ । सभामुख र प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिनिभि सभामा छलफल गराइयो भने अलिकति भएपनि इज्जत बँच्थ्यो कि । दोस्रो कुरा, हामीले विकासको संवाहक बन्नको लागि कस्को आवश्यक्ता पर्ने यसमा सबैको ध्यानाकर्षण गराउन चाहन्छु । अनि, राष्ट्रिय सभाले सभाका सदस्यहरुलाई आफ्नो क्षेत्रमा मतदातालाई भेटाउने भन्ने विषयमा आफ्नो योजनामा राखेको रहेछ । सबैलाई एकै ठाउँमा राखेर दुई दिनको कार्यक्रम गरेर हामी मतदातसँग प्रभावकारी ढंगले अन्तरक्रिया गर्न सक्छौं भन्ने मलाई लाग्दैन । सांसदहरुले आफ्नो आफ्नो तरिकाले गएर मतदातासँग समन्वय गर्ने वातावरण बनाउनुपर्छ जस्तो मलाई लाग्छ ।’

अन्तरक्रिया कार्यक्रममा सांसदहरुले पर्याप्त कानून र विज्ञताको अभावले आफ्नो अधिकारको प्रयोग गर्न नपाएको बताएका छन् ।


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?