Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

कुरानले पनि समाज र मानव जातिको समृद्धिका लागि प्रेरणा दिन्छः सभामुख घिमिरे


काठमाडौँ। सभमुख देवराज घिमिरेले कुरान वाचन प्रतियोगिताले शिक्षाको विकासका लागि महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच दोस्रो कुरान वाचन प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले कुरान वाचन प्रतियोगिता आफैँमा रचनात्मक काम रहेको भन्दै कुरानले पनि अन्य धर्मग्रन्थझैँ समाज, मानव जातिको मुक्ति, सुख र समृद्धिको बाटो देखाउने उल्लेख गरे । उनले कुरानको अध्ययनबाट समाजलाई सही दिशामा लैजानसक्ने प्रेरणा मिल्ने बताए ।

उनले भने , ‘कुरानको कम्पिटिशन एउटा आफैँमा रचनात्मक काम हो । यसले मेरो विचारमा दुई कामहरुमा महत्व राख्दछ । कुरान भनेको धर्मग्रन्थ हो । त्यसमा पनि इस्लामिक धर्मको ग्रन्थ हो । त्यसले समाजको उन्नति, मानव जातिहरुको मुक्ति, सुख, समृद्धि र मानव जातिको अन्तिम ऐस ल्याउने बाटो नै के हुनसक्छ भन्नेकुरा सबै धर्मले गर्दछन् र कुरानले पनि त्यही कुरालाई दिन्छ । हाम्रो नेपाली समाजलाई जो इस्लामिक धर्मावलम्वीहरु छन्, उनीहरुले कुरानको अध्ययन गरिसकेपछि त्यो खालको अध्ययनले महत्वपूर्ण भुमिका खेल्छ ।’


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?