Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन होः जनार्दन शर्मा


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन् ।

सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पत्रकारिता एक नरोकिने आन्दोलन भएको बताएका हुन् । उनले पत्रकार महासंघले ६५ वर्षको इतिहासमा जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार लागि महत्वपूर्ण भुमिका खेलेको बताए ।
उनले पत्रकारिता क्षेत्रले समाज र लोकतन्त्रलाई गति दिएको बताए । पत्रकारिताले समाजको आत्माको रुपमा काम गरेको उनको भनाइ छ ।

उनले भने , ‘६५ वर्षको इतिहासमा पत्रकार महासंघले जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार मात्र होइन सूचना तथा सञ्चार संप्रेषणले स्थान पनि भएको छ । यो महत्वपूर्ण कुरा हो । पत्रकार जगतले समाजमा उत्पन्न भएका विभिन्न घटनाबारे जनतालाई सुसूचित गरेको छ । सरकारलाई सही बाटोमा लाग्नको लागि खबरदारी गरेको छ । यो एउटा नरोकिने निरन्तर आन्दोलन हो जस्तो लाग्छ मलाई । लोकतन्त्रको रक्षाका लागि समेत यो एउटा नरोकिने आन्दोलन हो । यो निरन्तर चलिरहन्छ । यहाँहरुले यो आन्दोलनको लागि खेल्नुभएको भूमिकाप्रति आभार पनि दिन चाहान्छु । पत्रकारिताले समाज र लोकतन्त्रलाई गति दिएको छ ।समाजको आत्माको रुपमा काम गरेको छ ।’

उनले सञ्चार क्षेत्रलाई आग्रह र पूर्वाग्रहमा हेर्नु वा आफ्नो स्वार्थमा प्रयोग गर्नु सञ्चार प्रतिको इमानदारिता नभएको बताए ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?