Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले एक वर्षभित्र सरकारले आत्महत्याका घटनालाई न्युनिकरण गर्ने बताएका छन् ।

सोमवार सिंहदरबारमा गृह मन्त्रालय र काठमाडौं विश्व विद्यालय मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन तथा अनुसन्धान सम्बन्धि समझदारी पत्रमा हस्ताक्षरपछि बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

सम्झौता पत्रमा गृह मन्त्रालयको तर्फबाट विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा.टोकराज पाण्डे र काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागका निर्देशक डा.दीपक कुवँरले हस्ताक्षर गरे ।

सम्झौता पत्रमा हस्ताक्षरसँगै मानसिक स्वास्थ्य रोगका कारण आत्महत्याका विषयमा अध्ययन अनुसन्धानमा काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले सहयोग गर्ने भएका छन् । गृहमन्त्री लेखकले सम्झौतासँगै गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच सहकार्य गरेर आत्माहत्याका घटनालाई नियन्त्रण गरी कमी ल्याउने प्रतिवद्धता जनाएका छन् ।

उनले काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले नेपालमा आत्महत्याका घटना बढ्नुका कारण र उपायको खोजि गरी अनुसन्धान गरिने बताए । उनले सरकारले मुलुकभित्र हुने आत्माहत्याका घटनालाई न्युनिकरण गर्ने काम गरिरहेको बताए । गृहमन्त्री लेखकले सरकारले अहिले गरिरहेका कामले आत्माहत्याका घटना कम नभएको भन्दै काठमाडौं विश्वविद्यालयसँग मिलेर काम गर्दा उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल प्रहरीले आत्माहत्याका घटनाका विषयमा अध्ययन गरिरहेने बताए । उनले आत्माहत्या गर्ने खोज्ने मानिसहरुलाई उद्धार गरी काठमाठांै विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले काउन्सिलिङ गर्ने बताए । उनले नेपाल प्रहरीलाई काठमाडांै विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले आधारभुत तालिम दिने बताएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?