Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका लागि स्पष्ट कानून बन्न जरुरीः सुनिलबाबु पन्त


काठमाडौँ। पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदायहरुको अधिकारका लागि स्पष्ट कानून बन्न जरुरी रहेको बताएका छन् ।

आईतवार महिला तथा सामाजिक मामिला समिति बैठकमा बोल्दै उनले स्पष्ट कानूनी व्यवस्था नहुँदा यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदाय राज्यले दिने सबैखाले सो सुविधाबाट बञ्चित हुनुपरेको बताएका छन् ।

उनले निर्वाचन ऐन बन्नेक्रममा रहेकोले उक्त ऐनमा तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगीलाई पनि समावेश गर्नुपर्ने बताए । उनले उक्त समुदायको व्यक्ति प्रतिनिधि भएर आइसकेपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई कुराहरु राख्न सजिलो हुने बताए ।

उनले निजामति ऐनमा समेत आरक्षण नभएको कारणले अल्पसंख्यक समुदाय खुलेर आउन नसकेको बताए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अधिकारका लागि सरकारले बजेटमार्फत कार्यक्तम ल्याउन जरुरी रहेको बताएका छन् ।

उनले भने , ‘समावेशीताको कुरालाई लिएर लैङ्गिक अल्पसख्यक समुदायहरु तेस्रो लिङ्गी, ट्रान्सजेण्डर, परलिंगी अधिकारको लागि धेरै कानूनहरु बनाउनुपर्ने देखिन्छ । महिला अथवा पुरुषको आरक्षणमा महिला वा पुरुष नै भएर जान पाउनुपर्ने मागहरु परलिंगी समुदायहरुले उठाएको देखिन्छ । अवसरका लागि पनि ट्रान्सजेन्डर हुने प्रवृत्ति पनि बढ्दै गएको छ । सरकारसँग त महिला वा पुरुष भनेर अनुभुति नाप्ने यन्त्र त छैन नि । फिलिङकै आधारमा लैङ्गिक पहिचानको किटान गर्ने कि अरु पारामिटर हेर्ने भन्ने बहस अब नेपालमा पनि शुरु भएको छ । यो विषय प्रवेश गर्नै पाएन संविधानले पनि राज्यका निकायहरुमा अरु सबैलाई समावेश गरेको पाइन्छ । अहिले निर्वाचन ऐन आउँदैछ । त्यसमा तेस्रो लिङ्गी, ट्रान्सजेण्डर, पारलिंगीलाई पनि समावेश गर्नको लागि पहल गरिदिनुपर्ने हुन्छ । यहाँ निर्वाचित भएर आइसकेपछि यहाँ कुरा गर्नको लागि सजिलो पनि हुन्छ । निजामति ऐनमा पनि आरक्षण छैन । त्यसकारण कर्मचारी पनि खुलेर आउन चाहँदैनन् । नखुलेका त सभासद् पनि हुनुहुन्छ । पहिले पनि हुनुहुन्थ्यो । अधिकारको कुरा गर्दा नखुलेकाहरुको अर्थ हुँदैन । अर्को, यस समूदायका मान्छेहरुका लागि नेपालमा ठिके भएको छ । अधिकार पनि पाएको छ । तर धेरै मान्छेहरु सडकमा आउने गर्नुभएको छ । यसका लागि सरकारले बजेटमार्फत नै कार्यक्रमहरु ल्याउनुपर्ने हुन्छ । उहाँहरुको खोजि गरेर व्यापार व्यवसाय लगायतका क्षेत्रमा रोजगारीको व्यवस्था गरिदिनुपर्‍यो ।’

बैठकमा उपस्थित अधिकांश सांसदहरुले यौनिक तथा तेस्रो लिङ्गी, ट्रान्सजेण्डर, पारलिंगी सबै समुदायलाई अन्य शब्दले नसमेटेको उल्लेख गरेका थिए । उनीहरुलाई लैङ्गिक पहिचानको आधारमा नागरिकता दिँदै राज्यका निकायहरुमा समेट्नुपर्ने उनीहरुको माग छ।

बैठकमा आज लैङ्गिक अल्पसख्यक समुदायहरुको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेण्डर, पारलिंगी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल भएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?