Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका लागि स्पष्ट कानून बन्न जरुरीः सुनिलबाबु पन्त


काठमाडौँ। पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदायहरुको अधिकारका लागि स्पष्ट कानून बन्न जरुरी रहेको बताएका छन् ।

आईतवार महिला तथा सामाजिक मामिला समिति बैठकमा बोल्दै उनले स्पष्ट कानूनी व्यवस्था नहुँदा यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदाय राज्यले दिने सबैखाले सो सुविधाबाट बञ्चित हुनुपरेको बताएका छन् ।

उनले निर्वाचन ऐन बन्नेक्रममा रहेकोले उक्त ऐनमा तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगीलाई पनि समावेश गर्नुपर्ने बताए । उनले उक्त समुदायको व्यक्ति प्रतिनिधि भएर आइसकेपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई कुराहरु राख्न सजिलो हुने बताए ।

उनले निजामति ऐनमा समेत आरक्षण नभएको कारणले अल्पसंख्यक समुदाय खुलेर आउन नसकेको बताए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अधिकारका लागि सरकारले बजेटमार्फत कार्यक्तम ल्याउन जरुरी रहेको बताएका छन् ।

उनले भने , ‘समावेशीताको कुरालाई लिएर लैङ्गिक अल्पसख्यक समुदायहरु तेस्रो लिङ्गी, ट्रान्सजेण्डर, परलिंगी अधिकारको लागि धेरै कानूनहरु बनाउनुपर्ने देखिन्छ । महिला अथवा पुरुषको आरक्षणमा महिला वा पुरुष नै भएर जान पाउनुपर्ने मागहरु परलिंगी समुदायहरुले उठाएको देखिन्छ । अवसरका लागि पनि ट्रान्सजेन्डर हुने प्रवृत्ति पनि बढ्दै गएको छ । सरकारसँग त महिला वा पुरुष भनेर अनुभुति नाप्ने यन्त्र त छैन नि । फिलिङकै आधारमा लैङ्गिक पहिचानको किटान गर्ने कि अरु पारामिटर हेर्ने भन्ने बहस अब नेपालमा पनि शुरु भएको छ । यो विषय प्रवेश गर्नै पाएन संविधानले पनि राज्यका निकायहरुमा अरु सबैलाई समावेश गरेको पाइन्छ । अहिले निर्वाचन ऐन आउँदैछ । त्यसमा तेस्रो लिङ्गी, ट्रान्सजेण्डर, पारलिंगीलाई पनि समावेश गर्नको लागि पहल गरिदिनुपर्ने हुन्छ । यहाँ निर्वाचित भएर आइसकेपछि यहाँ कुरा गर्नको लागि सजिलो पनि हुन्छ । निजामति ऐनमा पनि आरक्षण छैन । त्यसकारण कर्मचारी पनि खुलेर आउन चाहँदैनन् । नखुलेका त सभासद् पनि हुनुहुन्छ । पहिले पनि हुनुहुन्थ्यो । अधिकारको कुरा गर्दा नखुलेकाहरुको अर्थ हुँदैन । अर्को, यस समूदायका मान्छेहरुका लागि नेपालमा ठिके भएको छ । अधिकार पनि पाएको छ । तर धेरै मान्छेहरु सडकमा आउने गर्नुभएको छ । यसका लागि सरकारले बजेटमार्फत नै कार्यक्रमहरु ल्याउनुपर्ने हुन्छ । उहाँहरुको खोजि गरेर व्यापार व्यवसाय लगायतका क्षेत्रमा रोजगारीको व्यवस्था गरिदिनुपर्‍यो ।’

बैठकमा उपस्थित अधिकांश सांसदहरुले यौनिक तथा तेस्रो लिङ्गी, ट्रान्सजेण्डर, पारलिंगी सबै समुदायलाई अन्य शब्दले नसमेटेको उल्लेख गरेका थिए । उनीहरुलाई लैङ्गिक पहिचानको आधारमा नागरिकता दिँदै राज्यका निकायहरुमा समेट्नुपर्ने उनीहरुको माग छ।

बैठकमा आज लैङ्गिक अल्पसख्यक समुदायहरुको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेण्डर, पारलिंगी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल भएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?