Trending
>>   इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या >>   गाजामा इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु >>   तालि बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँः प्रधानमन्त्री ओली >>   ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँः प्रधानमन्त्री ओली >>   काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन्ः अध्यक्ष भट्टराई >>   सिरियाको सार्वभौमसत्ताको उल्लङ्घन नगर्न राष्ट्रसंघका महासचिवको इजरायललाई आग्रह >>   टर्की प्रहरीद्वारा १६ जना आईएस संदिग्ध पक्राउ >>   अमेरिकी सदनद्वारा सरकार बन्द हुन नदिन स्टपग्याप फण्डिङ बिल पारित >>   बाजुरा भूकम्प : क्षतिको विवरण सङ्कलन हुँदै >>   श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
Logo
६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

बाजुरा भूकम्प : क्षतिको विवरण सङ्कलन हुँदै


काठमाडौँ  । बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरेका छन्  । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार  बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिएका छन्  ।

विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी मण्डलले बताए  ।

भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको मण्डलले बताए  । घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उनको  भनाइ छ ।

जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएका छन्  । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएका थिए ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?