Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

सिरियाको सार्वभौमसत्ताको उल्लङ्घन नगर्न राष्ट्रसंघका महासचिवको इजरायललाई आग्रह


काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायललाई सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घन रोक्न आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै गुटेरेसले रणनीतिक हतियार र सैन्य पूर्वाधार नष्ट गर्ने उद्देश्यले सिरियामा इजरायलले गरेको व्यापक हवाई आक्रमण र सिरिया र इजरायलले कब्जा गरेको गोलान हाइट्स बीचको असैनिकीकृत क्षेत्रमा इजरायली सेना प्रवेशको निन्दा गरेका छन् ।

सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घनलाई रोक्न जरुरी रहेको बताएका छन् । संयुक्त राष्ट्र शान्ति सैनिकहरू बाहेक अलगावको क्षेत्रमा कुनै पनि सैन्य बल हुनु नहुने स्पष्ट परेका छन् ।

शान्ति सैनिकहरूलाई उनीहरूको काम गर्न स्वतन्त्रता हुनुपर्ने बताएका छन् ।

सिरियाली जनताको साथमा उभिनु अन्तर्राष्ट्रिय समुदायको दायित्व भएको बताउनु भयो ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?