Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो


१५ चैत्र, बागलुङ । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो ।

नवरात्र सुरु भएदेखि नै यहाँ दर्शनार्थीको चाप बढ्दै गएको थियो । चैतेदशैँको मुख्य दिन आज बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थी पुजाका लागि लाइनमा लागेका कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । चैतेदशैँमा राँगो, बोका र कुखुराको बलि दिने चलन छ ।

चैतेदशैँका अवसरमा छिमेकी मुलुक भारतसहित, मुलुकका विभिन्न क्षेत्रबाट पाँच लाख बढी दर्शनार्थी यहाँ आउने समितिले जनाएको छ । मन्दिरमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ । मेलाको मुख्य समारोहलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ । मेला १७ गतेसम्म चल्नेछ । चैतेदशैँका अवसरमा कालिका मन्दिर परिसरमा नेपालकै प्राचीन ‘चैते दशैँ मेला’ लाग्ने गरेको छ ।

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको हो ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?