Trending
>>   गर्भवती महिलामा बर्ड फ्लूको सङ्क्रमण घातकः अनुसन्धान >>   एडिबीद्वारा एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग >>   निर्यात बढाउन तीनै तहका कानुन र नीति सहज हुनुपर्छ : मन्त्री पाण्डे >>   अर्थमन्त्री पौडेल स्वदेश फिर्ता >>   उत्तरी सिरियामा टर्कीका दुई पत्रकारको हत्या >>   ‘युक्रेनको राजधानीमा भयानक विस्फोट’ >>   सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ >>   प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट >>   एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो >>   भारत–नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु
Logo
५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट


काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शुक्रबार बिदाइ भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशको आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधरीलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गरे । सो अवसरमा राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराएका छन् ।

भेटमा दुुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । राजदूत चौधरी नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा छन् ।


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?