Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘युक्रेनको राजधानीमा भयानक विस्फोट’


काठमाडौँ । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय कर्मचारीले बताएका छन् ।

युक्रेनको वायु सेनाले एक टेलिग्राम सन्देशमा ‘उत्तरबाट ब्यालेस्टिक क्षेप्यास्त्र’ आएको भनी चेतावनी दिएका छन् । रूसले युक्रेनमा आक्रमण गरेको लगभग तीन वर्षपछि राजधानी किएभमा भयानक आवाजसहित विष्फोट भएको हो । यसबाट के कति क्षति भयो समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन ।

अधिकारीहरूले दक्षिणी बन्दरगाह शहर खेरसनमा पनि क्षेप्यास्त्र आक्रमण भएको बताएका छन्, जहाँ एक व्यक्तिको मृत्यु भएको छ र छ जना घाइते भएका छन् ।

मस्कोको सेना रुससँग सीमा जोडिएको खार्किभ क्षेत्रमा अघि बढिरहेका छन् र युद्धको पहिलो वर्षमा कब्जा गरिएको कुपियान्स्क शहरलाई पुनः कब्जा गर्ने लक्ष्य राखेका छन् ।

युक्रेनले सेप्टेम्बर २०२२ मा यसलाई पुनः कब्जामा लिएका थिए जसमा युक्रेनी सेनाले खार्किभ क्षेत्रको ठूलो भूभाग पुनः प्राप्त गरेका थिए ।

यसैबिच, रूसी अधिकारीहरूले किएभमा भएको पछिल्लो आक्रमण पश्चिमी राष्ट्रद्वारा युक्रेनलाई सहयोग गरिएका र रूसविरूद्धको आक्रमणमा प्रयोग गरिएको बदलामा भएको दाबी गरेका छन् ।


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?