Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

उत्तरी सिरियामा टर्कीका दुई पत्रकारको हत्या


काठमाडौँ । टर्कीको कुर्द बहुल दक्षिणपूर्वी क्षेत्रका दुई पत्रकारको उत्तरी सिरियामा अङ्कारा समर्थित र अमेरिका समर्थित लडाकुबिच भएको भिडन्तको रिपोर्टिङका क्रममा मृत्यु भएको टर्कीको एक पत्रकार सङ्गठन र एक गैरसरकारी संस्थाले शुक्रबार जनाएका छन् ।

सिरियाको दोस्रो शहर अलेप्पोबाट करिब १०० किलोमिटर पूर्वमा रहेको टिशरिन बाँध नजिकै बिहीबार भएको विस्फोटमा परी नाजिम दास्तान र सिहान बिलगिनको मृत्यु भएको हो ।

पूर्व शासक बशर अल असदलाई सत्ताच्युत गरेपछि दशकौँदेखिको दुर्व्यवहार र वर्षौंदेखिको सिरियाली गृहयुद्ध अन्त्य भएको छ तर यसले अल्पसङ्ख्यकका साथै महिलाको अधिकार र अर्धस्वायत्त कुर्द क्षेत्रको भविष्यबारे चिन्ता बढाएका छन् ।

पूर्व राष्ट्रपति असद र उनका पिताले करिब ५० वर्ष शासन गरेका र हालै अलकायदाको सिरिया शाखामा जरा गाडेको हयात तहरीर अल–शाम (एचटीएस)ले असदलाई देश छोड्न बाध्य पार्ने आक्रामक आक्रमणको नेतृत्व गरेका थिए ।

सिरियामा रहेका विभिन्न विद्रोही समूहले देशको फरक फरक भूगोलमा रहेर असद सरकारविरूद्ध लडिरहेका तर एचटीएसको निर्णायक आन्दोलनका कारण राष्ट्रपतिको पलायनपछि देशमा अन्योलको स्थिति छाएको छ ।

एचटीएसले यसलाई कसरी साम्य पार्छ अझै पर्ख र हेरको रणनीतिमा रहेका क्षेत्रीय सङ्गठनले क्षेत्रीय र राजधानीमा सानो सङ्ख्यामा प्रदर्शन गर्दै आफ्नो उपस्थिति देखाउन थालेका छन् ।


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?