Trending
>>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ


काठमाडौँ । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएका छन् । पेन्टागनका प्रवक्ता प्याट राइडरले नियमित पत्रकार सम्मेलनमा भने , “हामीले सिरियामा करिब ९०० अमेरिकी सेना तैनाथ गरिरहेकोमा थप एक हजार १०० सेना त्यहाँ पठाउने सुनिश्चित गरेका छौं । आईएसआईएस मिसनलाई पराजित गर्न मद्दत गर्ने यी सेनाहरू असद शासनको पतन हुनुअघि नै त्यहाँ थिए ।”

नोभेम्बर २७ मा हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा सिरियाली सशस्त्र विपक्षीहरूले एलेप्पो र इडलिब प्रान्तहरूमा सरकारी सेनाहरू विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरे ।

आक्रमण लगत्तै डिसेम्बर ७ सम्म राष्ट्रपति बसर असदका विपक्षीहरूले अलेप्पो, हामा, दारा र होम्सलगायत धेरै प्रमुख शहरहरू कब्जा गरेका थिए ।

डिसेम्बर ८ मा तिनीहरू दमस्कस प्रवेश गरे लगत्तै असदले राजीनामा दिए र देश छोडे । यसले सिरियामा अल–असद परिवारको ५० वर्षभन्दा बढी समयको कठोर शासनको अन्त्य भयो ।

डिसेम्बर १० मा मोहम्मद अल–बशीरले सन् २०२५ मार्च १ सम्म सिरियाको अन्तरिम सरकारको प्रमुखको रूपमा आफ्नो नियुक्ति घोषणा गरेका छन् ।


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?