Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गर्भवती महिलामा बर्ड फ्लूको सङ्क्रमण घातकः अनुसन्धान


काठमाडौँ । अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने बताएका छन् । मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई)द्वारा शुक्रबार प्रकाशित गरिएको उक्त अनुसन्धानले एक हजार ५०० भन्दा बढी अनुसन्धान पत्रको समीक्षा गरेका छन् ।

अनुसन्धानले ३० महिला मध्ये २७ जनालाई बर्डफ्लु घातक भएको र मृत्युदर ९० प्रतिशत रहेको पाइएको देखाएका छन् । उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) स्ट्रेन ‘एचफाइभ एनवन’ र ‘एचफाइभ एनटू’ विश्वव्यापीरुपमा बढ्दै गएको प्रकोपसँग सम्बन्धित मानव सङ्क्रमणको रुपमा यो अध्ययन प्रकाशित गरिएका थिए ।

अनुसन्धान टोलीले अनसन्धानले गर्भवती महिलालाई जतिसक्दो चाँडो महामारी योजनामा समावेश गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको निष्कर्षले देखाएका छन् ।

एमसीआरआईका अध्ययन सह–लेखिका राहेल पर्सेलले भने ,“गर्भवती महिलाहरुलाई प्रायः खोप परीक्षणहरुबाट वञ्चित गरिएको थियो र सार्वजनिक स्वास्थ्य खोप कार्यक्रमहरुमा ढिलाइको सामना गर्नु परेको थियो । गर्भवती महिलाहरुलाई नियमितरुपमा महामारीविरुद्धको उपचार र अन्य कार्यक्रमहरुमा सहभागी गर्न आवश्यक हुने अनुसन्धानको निश्कर्ष छ ।”


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?