Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गर्भवती महिलामा बर्ड फ्लूको सङ्क्रमण घातकः अनुसन्धान


काठमाडौँ । अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने बताएका छन् । मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई)द्वारा शुक्रबार प्रकाशित गरिएको उक्त अनुसन्धानले एक हजार ५०० भन्दा बढी अनुसन्धान पत्रको समीक्षा गरेका छन् ।

अनुसन्धानले ३० महिला मध्ये २७ जनालाई बर्डफ्लु घातक भएको र मृत्युदर ९० प्रतिशत रहेको पाइएको देखाएका छन् । उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) स्ट्रेन ‘एचफाइभ एनवन’ र ‘एचफाइभ एनटू’ विश्वव्यापीरुपमा बढ्दै गएको प्रकोपसँग सम्बन्धित मानव सङ्क्रमणको रुपमा यो अध्ययन प्रकाशित गरिएका थिए ।

अनुसन्धान टोलीले अनसन्धानले गर्भवती महिलालाई जतिसक्दो चाँडो महामारी योजनामा समावेश गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको निष्कर्षले देखाएका छन् ।

एमसीआरआईका अध्ययन सह–लेखिका राहेल पर्सेलले भने ,“गर्भवती महिलाहरुलाई प्रायः खोप परीक्षणहरुबाट वञ्चित गरिएको थियो र सार्वजनिक स्वास्थ्य खोप कार्यक्रमहरुमा ढिलाइको सामना गर्नु परेको थियो । गर्भवती महिलाहरुलाई नियमितरुपमा महामारीविरुद्धको उपचार र अन्य कार्यक्रमहरुमा सहभागी गर्न आवश्यक हुने अनुसन्धानको निश्कर्ष छ ।”


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?