Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

निर्यात बढाउन तीनै तहका कानुन र नीति सहज हुनुपर्छ : मन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति सजिलो हुन जरुरी रहेको बताएका छन्  ।

पूर्वी चितवनको खैरहनीमा शुक्रबारदेखि सुरु भएको तेस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालमा उत्पादित वस्तुको निर्यात बढाउन सके अर्थतन्त्र बलियो हुने बताए ।  उनले भने , “अर्थतन्त्र बलियो बनाउन निर्यात बढाउन जरुरी छ । यसका लागि तीनै तहका सरकारको नीति तथा कानुन सहज बनाउनुपर्छ ।”

चितवन पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्लाको रुपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले यसलाई चलायमान बनाउन सके अर्थतन्त्रमासमेत सहज हुने बताए  । पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत रुपमा सहयोग गर्न र पूर्वाधारको विकास गर्न मन्त्रालय तयार रहेको उनको  भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री पाण्डेले पछिल्लो समय देखिएको भ्रमको राजनीति चिर्दै अघि बढ्न जरुरी रहेको बताएका छन्  ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, कृष्ण खनाल र ईश्वर सापकोटा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल पाठक, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारी, रास्वपाका टीकादत्त इटानी, खैरहनी नगरपालिका–८ का वडाध्यक्ष शङ्कर कँडेललगायतले मेला र महोत्सवबाट जिल्लाको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने बताएका छन्  ।

उद्योग वाणिज्य सङ्घ खैरहनीको आयोजनामा सुरु भएको सो महोत्सव यही पुस १६ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा दुई सय २५ कक्ष रहेका महोत्सव मूल समारोह समितिका संयोजक कुमार खनालले जानकारी दिएका छन् ।


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?