काठमाडौँ । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएका छन् ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा बङ्गलादेशले टस जितेर पहिला बलिङ रोजेका छन् । वर्षा बाधक भएपछि निर्धारित समयभन्दा केही ढिला टस भएको हो । नेपाल र बङ्गलादेशबीचको उक्त खेल ११ः४५ बजेदेखि हुने भनेका थिए । यस खेलमा बङ्गलादेशलाई पाखा लगाउदै नेपालको फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।
नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन् । सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द हुदा नेपालले श्रीलङ्कासँग अङ्क बाडेका थिए ।
प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार