Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको बताएका छन् ।

बुधवार न्याय परिषद् दिवस, २०८१ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले न्याय सेवालाई थप परिस्कृत र सुदृढिकरण गर्दै लग्नुपर्नेबताउदै उनले कार्यपालिका अथवा कुनैपनि व्यक्तिबाट अन्याय भएको खण्डमा न्याय खोज्ने एक मात्र ठाउँ न्यायपालिका रहेको बताए । उनले न्याय सम्पादनका क्रममा न्यायाधीशहरु कार्यालय समयभन्दा ढिलोसम्म बसेर पनि काम गर्नुपर्ने अवस्थामा पनि सरकारले प्रोत्साहन भत्ता दिन नसकेकोमा दुखेसो गरे ।

उनले भने, ‘नेपालको संविधानले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राखेको छ । आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको छ । कार्यपालिका र कुनै व्यक्तिबाट अन्याय भएको खण्डमा सिधै न्यायपालिकामा जाने हो । न्यायपालिकाका श्रीमानहरुले जसरी बिहान ९ बजेदेखि कहिले कहीँ ढिला भएर साँझ ६÷७ बजेसम्म इजलासमा बस्नुपर्ने र घरमा पुगेपछि त्यो फैसलाहरु लेख्दै बस्नुपर्छ । प्रोत्साहन भत्ता नपाउँदा पनि कर्मचारीहरुले समेत कार्यालय समयभन्दा बढी समय काम गर्दै आउनुभएको छ । न्याय क्षेत्रमा सरकारले बजेट पनि दिन सकेको छैन । देशको अवस्था आफैं नराम्रो स्थितिमा रहेको छ । युक्रेन युद्ध र कोरोनादेखि लिएर नेपालमा मन्दी छ ।’

उनले कोरोना कहरदेखि लिएर रुस–युक्रेन युद्धको कारण थालिएको मुलुक बिस्तारै ट्र्याकमा आइरहेको बताए ।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?