Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको बताएका छन् ।

बुधवार न्याय परिषद् दिवस, २०८१ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले न्याय सेवालाई थप परिस्कृत र सुदृढिकरण गर्दै लग्नुपर्नेबताउदै उनले कार्यपालिका अथवा कुनैपनि व्यक्तिबाट अन्याय भएको खण्डमा न्याय खोज्ने एक मात्र ठाउँ न्यायपालिका रहेको बताए । उनले न्याय सम्पादनका क्रममा न्यायाधीशहरु कार्यालय समयभन्दा ढिलोसम्म बसेर पनि काम गर्नुपर्ने अवस्थामा पनि सरकारले प्रोत्साहन भत्ता दिन नसकेकोमा दुखेसो गरे ।

उनले भने, ‘नेपालको संविधानले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राखेको छ । आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको छ । कार्यपालिका र कुनै व्यक्तिबाट अन्याय भएको खण्डमा सिधै न्यायपालिकामा जाने हो । न्यायपालिकाका श्रीमानहरुले जसरी बिहान ९ बजेदेखि कहिले कहीँ ढिला भएर साँझ ६÷७ बजेसम्म इजलासमा बस्नुपर्ने र घरमा पुगेपछि त्यो फैसलाहरु लेख्दै बस्नुपर्छ । प्रोत्साहन भत्ता नपाउँदा पनि कर्मचारीहरुले समेत कार्यालय समयभन्दा बढी समय काम गर्दै आउनुभएको छ । न्याय क्षेत्रमा सरकारले बजेट पनि दिन सकेको छैन । देशको अवस्था आफैं नराम्रो स्थितिमा रहेको छ । युक्रेन युद्ध र कोरोनादेखि लिएर नेपालमा मन्दी छ ।’

उनले कोरोना कहरदेखि लिएर रुस–युक्रेन युद्धको कारण थालिएको मुलुक बिस्तारै ट्र्याकमा आइरहेको बताए ।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?