Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मन्त्री र सरकार कुनै पनि हालतमा परिवर्तन नहुने गृहमन्त्री लेखकको दाबी


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मन्त्री र सरकार परिवर्तन कुनै पनि हालतमा नहुने बताएका छन् ।

गृहमन्त्री रमेश लेखकले केही दिनअघि भारतीय रअका पूर्व एजेन्टले एक महिनामा नेपालको सरकार परिवर्तन हुन्छ भनेर गरेको टिप्पणीबारे गृहमन्त्री लेखकले नेपालका मामिलामा बाहिरी व्यक्तिले गरेको टिप्पणीको कुनै अर्थ नरहेको बताउदै मन्त्री र सरकार परिवर्तन कुनै पनि हालतमा नहुने बताएका छन् ।

उनले अस्थिरता चाहनेहरूले सरकार परिवर्तनको हल्ला फैलाउने गरेको टिप्पणी गर्दै गृहमन्त्री लेखकले भने,‘प्रधानमन्त्री चीनबाट फर्किन त देउ भन्थेँ, अब भारत गएपछि फेरि यस्तै हल्ला चलाइन्छ, तर सरकार कसैको चाहनाले ढल्दैन ।’

उनले हालै सम्पन्न भएको उपनिर्वाचनले काँग्रेस र एमाले नै पहिलो र दोस्रो दलका रूपमा स्थापित गरेको दाबी गर्दै ठूला दुईदल बीचको सहकार्य संविधानको कार्यान्वयनका लागि भएको बताए । । उनले देशका ठूला पार्टीहरू मिलेर सरकार बनेकाले २०८४ सम्म स्थिर रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?