Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

संविधान संशोधनका लागि सुझाव पेश गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन


काठमाडौँ । एकीकृत समाजवादीको सचिवालय समिति २४ सदस्यीय रहने

नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएका छन् ।

पार्टी स्थायी कमिटिको बैठकले संविधान संशोधनको लागि आवश्यक सुुझावसहितको प्रतिवेदन पेश गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमासात सदस्यीय कार्यदल बनाएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनकाअनुसार कार्यदलमा अन्य सदस्यहरुमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् । उनले बैठकले केन्द्रिय सचिवालय समिति समेत गठन गरेको बताए । केन्द्रिय सचिवालयमा केन्द्रिय कमिटिका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरु, उपाध्यक्षहरु, महासचिव,उपमहासचिव र सचिवसहित २४ सदस्यीय समिति रहने उनले बताए । त्यस्तै बैठकले अगामि निर्वाचनमा एक्लै निर्वाचन लड्ने र त्यसको तयारीको लागि जनताको बीचमा जाने समेत निर्णय गरेका छन् ।

प्रवक्ता खतिवडाकाअनुसार जनजिविका, सुशासन र भ्रष्टाचारको सम्बन्धमा जनताको चेतना वृद्धि गर्नको लागि जनसंघर्ष अथवा आन्दोलनको माध्यमबाट पार्टीको सुदृढिकरण र निर्माण गर्नको लागि आन्दोलन र जनसंघर्ष गर्ने निर्णय गरिएका छन् । जनसंघर्षका कार्यक्रमहरु केही दिनमा सार्वजनिक गरिन उनले बताए ।

बैठकका निर्णय सुनाउँदै प्रवक्ता खतिवडाले भने , ‘नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधन आजको आवश्यकता, उपाध्येयता र संशोधन गर्नको लागि सुझाव कार्यदल गठन गरेको छ । पार्टी उपाध्यक्ष प्रकाश ज्वाला यस कार्यदलको संयोजक तोकिनुभएको छ । अरु छ जना सदस्यहरु पनि त्यसमा रहनुभएको छ । सदस्यहरुमा प्रकाश ज्वाला, गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहनुभएको छ । पार्टीको स्थायी कमिटि र पोलिटब्युरोमा रहेका सदस्यहरु यसमा समावेश हुनुहुन्छ । हाम्रो पार्टी अगामि दिनमा हुने निर्वाचनहरुमा एकल उम्मेदवारी दिनको लागि सम्पूर्ण तयारीका साथ जनताको बीचमा जानेछ । कलम चुनाव चिन्हका उम्मेदवारहरुलाई देशका प्रत्येक निर्वाचन क्षेत्रमा उठाउने गरी तयारी गर्ने निर्णय गरेका छौं । हाम्रो पार्टीले आजको दिनमा कुनैपनि कम्युनिष्ट पार्टीहरुसँग एकता गर्न सम्भव नरहेको निष्कर्ष निकाल्दै बामपन्थीहरुसँग सहकार्य गरेर विभिन्न एजेण्डाहरुमा काम गर्न सकिने तर एकताको सम्भावना नरेहकोले त्यतातिर ध्यान केन्द्रित नगरेको र पार्टी सुदृढिकरणका लागि मात्रै आफ्नो योजना बनाउने निर्णय गरेको छ । केही नेताहरु पार्टीमा आउनको लागि संवाद चलिरहेको छ । आजको हाम्रो बैठकले उहाँहरुसँग संवाद गर्ने निर्णय गरेका छौं । त्यसैगरी पार्टीलाई जनतासँग जोड्नका लागि जनताका दैनिक समस्याहरुलाई उहाँहरुको जनजीविका, सुशासन र भ्रष्टाचारको सम्बन्धमा जनताको चेतना वृद्धि गर्नको लागि जनसंघर्ष अथवा आन्दोलनको माध्यमबाट पार्टीको सुदृढिकरण र निर्माण गर्न सकिन्छ सम्झेर अबको केही महिना जनसंघर्ष सञ्चालन गर्ने र जनताको आवाज उठाएर आन्दोलन गर्ने र स्थानीय तहदेखि केन्द्रसम्म हाम्रा आवाज बुलन्द गर्ने कार्यक्रम बनाएका छौं केही दिनभित्र ति कार्यक्रमहरु सार्वजनिक गरिनेछन् । कार्यविभाजनको सन्दर्भमा आज प्रश्ताव गरिसकेपश्चात आएका सुझावहरुलाई समेत समावेश गरी दुई दिन पछाडि सार्वजनिक गर्नेछौं । पार्टीको केन्द्रीय सचिवालय समिति गठन गरिएको छ । केन्द्रिय सचिवालयमा केन्द्रिय कमिटिका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरु, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव र सचिवसहित २४ सदस्यीय समिति गठन गरिएको छ । केन्द्रिय कार्यालय समेत गठन गरिएको छ । कार्यविभाजनको सन्दर्भमा आज प्रश्ताव गरिसकेपश्चात आएका सुझावहरुलाई समेत समावेश गरी दुई दिन पछाडि सार्वजनिक गर्नेछौं । ’

पार्टीलाई जनतासँघ जोड्नको लागि स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनसंघर्ष गर्ने निर्णय भएको उनले बताए ।


प्रकाशित मिति: २ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?