Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दार्चुलामा आयोडिन नुनको खपत बढ्दै


१५ चैत्र, दार्चुला। दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केहि वर्ष पहिलेसम्म दार्चुलाको ग्रामिण तथा बजारक्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको छ ।

जनचेतना बृद्धिसँगै आयोडिन नुनको प्रयोग बढेको हो । दार्चुलामा खलंगा र गोकुलेस्वर गरी आयोडिन नुनका दुई डिपो रहेका छन भने ब्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन । बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्री बितरण र प्रयोग दर बढ्दै गएको साल्ट ट्रेडिङ डीपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेम सिंह कुँवरले बताए ।

महाकाली नगरपालिका–४ खलंगामा रहेको बिक्री डिपोबाट चालु आर्थिक वर्षको फागुनसम्म एक हजार सात सय ३९ क्वीन्टल ५० किलोग्रा बिक्री भएको कार्यालय प्रमुख कुँवरले जानकारी दिए । गत वर्ष ६ सय ४६ क्वीन्टल ५० किलोग्राम नुन मौज्दात थियो । चालु आर्थिक वर्षमा दुई हजार क्वीन्टल आयोडिन नुन जिल्लालाई प्राप्त भएको छ । त्यस्तै शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर डिपोमा नुनको बिक्रीदर बढ्दै गएको गोकुलेश्वर डिपो प्रमुख लक्ष्मण सिंह धामीले बताए ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?