Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

दार्चुलामा आयोडिन नुनको खपत बढ्दै


१५ चैत्र, दार्चुला। दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केहि वर्ष पहिलेसम्म दार्चुलाको ग्रामिण तथा बजारक्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको छ ।

जनचेतना बृद्धिसँगै आयोडिन नुनको प्रयोग बढेको हो । दार्चुलामा खलंगा र गोकुलेस्वर गरी आयोडिन नुनका दुई डिपो रहेका छन भने ब्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन । बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्री बितरण र प्रयोग दर बढ्दै गएको साल्ट ट्रेडिङ डीपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेम सिंह कुँवरले बताए ।

महाकाली नगरपालिका–४ खलंगामा रहेको बिक्री डिपोबाट चालु आर्थिक वर्षको फागुनसम्म एक हजार सात सय ३९ क्वीन्टल ५० किलोग्रा बिक्री भएको कार्यालय प्रमुख कुँवरले जानकारी दिए । गत वर्ष ६ सय ४६ क्वीन्टल ५० किलोग्राम नुन मौज्दात थियो । चालु आर्थिक वर्षमा दुई हजार क्वीन्टल आयोडिन नुन जिल्लालाई प्राप्त भएको छ । त्यस्तै शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर डिपोमा नुनको बिक्रीदर बढ्दै गएको गोकुलेश्वर डिपो प्रमुख लक्ष्मण सिंह धामीले बताए ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?