Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्रा कतिमा भइरहेका छन् कारोबार ?


१५ चैत्र, काठमाडाैँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबार पनि अमेरिकी डलरको भाउ २९ पैसाले घटेको छ ।

यसअघि मंगलबार १८ पैसाले उक्त डलरको भाउ घटेको थियो । बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अघिल्लो दिन मंगलबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ १० पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरोमा १४ पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ४१ पैसाले बढेको हो । मंगलबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ २१ पैसा कायम गरिएको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६१ रुपैयाँ ५० पैसा र बिक्रीदर १६२ रुपैयाँ २४ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य १६१ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ९० पैसा कायम गरिएको थियो ।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा तोकेको छ ।

बुधबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३६ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५५ पैसा तोकिएको छ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?