Trending
>>   ‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने >>   काँग्रेस महामन्त्री शर्माद्वारा लोबुचे हिमाल आरोहण, जलवायु परिवर्तनको असर न्युनिकरण गर्न आग्रह >>   सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक छिटै ल्याउँछः सञ्चारमन्त्री गुरुङ >>   सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानि गर्नुपर्छः अध्यक्ष सिंह >>   दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकारले पनि अर्थतन्त्र सुधार गर्न सकेनः अध्यक्ष अग्रवाल >>   अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गरौँः अध्यक्ष ढकाल >>   उद्योगहरुलाई एक पटक आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्छः अध्यक्ष अग्रवाल >>   एनपिएलः काठमाडौं गुर्खाज छ विकेटले विजयी >>   एनपिएलः पोखराद्वारा काठमाडौं सामु १३९ रनको लक्ष्य प्रस्तुत >>   अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा
Logo
२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

उर्जा विकास मार्गचित्र पास हुने भएसँगै उर्जा व्यवसायी उत्साहित


काठमाडौँ । प्रभावकारी बन्दै इप्पानको फ्राइडे फोरम
उर्जा विकास मार्गचित्र आगामी मन्त्रीपरिषद्को बैठकबाट पास हुने भएसँगै उर्जा उत्पादक व्यवसायीहरु उत्साहित भएका छन् ।

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा उत्पादकहरुसँगको फ्राइडे फोरम कार्यक्रममा आगामी मन्त्रीपरिषद्को बैठकबाट पास गर्ने बताएसँगै व्यवसायीहरु उत्साहित भएका हुन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले उर्जा विकास मार्गचित्र पास हुने मन्त्री खड्काको प्रतिवद्धतासँगै उर्जा उत्पादक व्यवसायीहरु उत्साहित रहेको बताए  ।

उनले  तत्काल पिपिए खोल्नेदेखि हाइड्रोलोजी पेनाल्टीका कुराहरु पनि तत्काल सम्बोधन गर्ने मन्त्री खड्काको प्रतिवद्धताले आफूहरुलाई उत्साहित बनाएको बताए  । प्रत्येक महिनाको अन्तिम शुक्रवार इप्पानले फ्राइडे फोरम कार्यक्रम सञ्चालन गर्दछन्  । कार्यक्रममा उर्जासँग सम्बन्धित विषयहरु र प्रविधिको बारेमा छलफल हुने महासचिव खतिवडाले बताए  ।

उनले  भने , ‘इप्पानले विगतका केही समयदेखि नै महिनाको अन्तिम शुक्रवार फ्राइडे फोरम कार्यक्रम राखेर समसामयिक विषयमा र उर्जासँग सम्बन्धित क्षेत्रका विषयमा छलफलको कार्यक्रम चलाउँदै आएका छौँ । आज हामीले सस्टेनेबल डेभलपमेण्ड एण्ड इन्फास्ट्रक्चर इनोभेस भन्ने विषयमा छलफल गरेका छौँ । इन्फास्ट्रक्चरमा नयाँ नयाँ प्रविधि के आइरहेको छ । कसरी आइरहेको छ भन्नेकुरामा फोकस गरेका छौँ । उर्जा विकास मार्गचित्र लगायतका जल्दाबल्दा विषयहरु छन् । त्यो तुरुन्तै अब बस्ने मन्त्रीपरिषद्को बैठकबाट पास हुँदैछ भनेर मन्त्रीज्युले भन्नुभयो । सरकारले निजी क्षेत्रको साथ लिएर नै अघि बढ्नेछ भन्नेकुरा राख्नुभयो । तत्काल पिपिए खोल्नेदेखि हाइड्रोलोजी पेनाल्टीका कुराहरु पनि तत्काल सम्बोधन गर्छु भन्नुभएको छ । यसले हामीलाई उत्साहित पनि बनाएको छ । फ्राइडे फोरम निरन्तर चलिरहन्छ । प्रत्येक महिनाको अन्तिम शुक्रवार हुन्छ । यो एकदमै प्रभावकारी भएको छ । नयाँ टेक्नोलोजीको बारेमा जानकारी लिने माध्यम बनेको छ ।’

उनले  फ्राइडे फोरम कार्यक्रम प्रभावकारी बन्दै गएको र नयाँ प्रविधिको जानकारी लिने माध्यम बनेको बताए ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?