Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक छिटै ल्याउँछः सञ्चारमन्त्री गुरुङ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन्  ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले  प्रिन्ट मिडिया र बोर्ड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरु, जनताको सूचनाको प्रत्याभुति गरिरहेको भएपनि अनलाइन मिडियाहरुले अराजकता मच्चाउने काम गरिरहेको बताए ।

उनले  संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउने काममा अनाइन मिडिया लागेकाले यसको नियमन अहिलेको पहिलो आवश्यकता भएको बताए  । अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको बताए ।  उनले अनलाइन मिडियाहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भत्काउने काम गरिरहेको बताए  ।

उनले भने  , ‘मलाई एउटा चिजले धेरै सताइरहेको छ । हामीलाई प्रिन्ट मिडियाले कुनै प्रोब्लम पारेको छैन । बोर्ड कास्टिङ मिडियाले पनि कुनै प्रोब्लम पारेको छैन । राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरु, जनताको सूचनाको प्रत्याभुति गर्दै जेजे कुराहरु गरिरहेको छ, त्यसमा हाम्रो कुनै ठूलो गुनासो, आलोचना र टिप्पणी छैन । तर आलोचना र टिप्पणी त कहाँनेर छ भने अनलाइन मिडिया, इन्टरनेट मिडिया जेजे भन्छौँ हामी, त्यो मिडियामा देखापरेको जुन खालको अराजकता  अनुशासनहिनता छ, त्यसको नियमन आज सबैभन्दा जरुरी देखिन्छ । त्यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठिरहेको हुन्छ, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको हुन्छ, हाम्रो जस्तो सामाजिक संरचना भएको मुलुकमा जुन खालको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता छ, त्यसका माध्यमबाट बारम्बार भत्काउने प्रयत्न भइरहेको देखिन्छ । हाम्रो समाजको जुन सांस्कृतिक चरित्र छ, हामीले सोसल मिडिया प्रयोग सञ्चालन र यसलाई नियमन गर्ने विधेयक क्याबिनेटले पास गरिसकेको छ, संसद नभएकाले अड्किएको छ । मेरो त आग्रह छ, प्रधानमन्त्रीसँग बारम्बार भनेको छु, अहिले अध्यादेशबाट ल्याइहालौँ । संसदबाट संसद चलेपछि पास गरौँला । आजको आजै नियमन थाल्नुपर्छ । साइबर क्राइम नियमन गर्ने खालको ऐन पनि छैन । साइबर क्राइमलाई नियन्त्रण गर्ने ऐन आज सबैभन्दा बढी चाहिएको छ ।’

मन्त्री गुरुङले साइबर क्राइम नियमन गर्ने ऐन पनि ड्राफ्ट भइरहेको र छिटै मन्त्रीपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?