Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयोः प्रमुख सचेतक बर्तौला


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदमा देखाएको विरोध शैलीप्रति आपत्ति जनाएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले रास्वपाका कारण सांसद हुँ भनेर हिँड्न पनि लाज लाग्ने अवस्था आएको टिप्पणी गरेका हुन् । विरोधको नाममा रास्वपाका सांसदहरूले अपनाएको शैलीले आफूहरुलाई समेत संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था सिर्जना भएको प्रमुख सचेतक बर्तौलाको भनाइ छ । उनले रास्वपाको माग र मुद्दाबारे आफ्नो केही टिप्पणी नभएपनि संसदमा विरोध गर्दा न्युनतम मर्यादाभित्र रहनुपर्नेमा जोड दिए ।

उनले भने, ‘संसद राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुको विरोधको नाममा कपालभाँति गर्ने ठाउँ होइन । उहाँहरुले विरोधको जे शैली अवलम्वन गरिरहनु भएको छ यसले हामी आफैंलाई पनि यो लोगो लगाएर हिँड्न अपमानित हुने परिस्थिति सिर्जना गरिरहनुभएको छ । विरोधको शैलीमा पनि उहाँहरुले न्युनतम मर्यादामा रहनुपर्छ । त्यो न्युनतम मर्यादालाई पनि समाप्त पारेर जुन शैली र व्यवहारका साथ विरोध गरिरहनुभएको छ त्यसले हाउस अगाडि जाने कुरा सहज भएन । त्यसकारण सभामुखज्युले दलहरुका बीचमा सहमतिको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।’

उनका अनुसार संसदलाई अगाडि बढाउनको दलहरुको बीचमा सहमतिको वातावरण बनाउन दलहरुलाई सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।


प्रकाशित मिति: ३ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?