Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयोः प्रमुख सचेतक बर्तौला


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदमा देखाएको विरोध शैलीप्रति आपत्ति जनाएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले रास्वपाका कारण सांसद हुँ भनेर हिँड्न पनि लाज लाग्ने अवस्था आएको टिप्पणी गरेका हुन् । विरोधको नाममा रास्वपाका सांसदहरूले अपनाएको शैलीले आफूहरुलाई समेत संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था सिर्जना भएको प्रमुख सचेतक बर्तौलाको भनाइ छ । उनले रास्वपाको माग र मुद्दाबारे आफ्नो केही टिप्पणी नभएपनि संसदमा विरोध गर्दा न्युनतम मर्यादाभित्र रहनुपर्नेमा जोड दिए ।

उनले भने, ‘संसद राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुको विरोधको नाममा कपालभाँति गर्ने ठाउँ होइन । उहाँहरुले विरोधको जे शैली अवलम्वन गरिरहनु भएको छ यसले हामी आफैंलाई पनि यो लोगो लगाएर हिँड्न अपमानित हुने परिस्थिति सिर्जना गरिरहनुभएको छ । विरोधको शैलीमा पनि उहाँहरुले न्युनतम मर्यादामा रहनुपर्छ । त्यो न्युनतम मर्यादालाई पनि समाप्त पारेर जुन शैली र व्यवहारका साथ विरोध गरिरहनुभएको छ त्यसले हाउस अगाडि जाने कुरा सहज भएन । त्यसकारण सभामुखज्युले दलहरुका बीचमा सहमतिको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।’

उनका अनुसार संसदलाई अगाडि बढाउनको दलहरुको बीचमा सहमतिको वातावरण बनाउन दलहरुलाई सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।


प्रकाशित मिति: ३ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?