Trending
>>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित >>   राष्ट्रपतिमाथि ओलीको प्रहार :डराएर संसद् विघटन गर्ने राष्ट्रपतिले लोकतन्त्र जोगाएको भन्न मिल्छ ? >>   दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड >>   नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार

मिस्टर महानगर बडिबिल्डिङको तयारी पूरा


काठमाडौँ। आगामी शुक्रवारदेखि शुरु हुने प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२ को तयारी पूरा भएको छ ।

काठमाडौं महानगरपालिका–२२ वडाको आयोजनामा आगामी असार ६ र ७ गते प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप हुँदैछ । आयोजक काठमाडौं महानगरपालिका वडा–२२ ले मंगलवार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । यस प्रतियोगिता कुल ६ तौलसमूहमा प्रतिस्पर्धा हुँदै छ। उक्त प्रतियोगिता राष्ट्रिय सभा गृहमा नै सन्चालन हुनेछ ।

प्रतियोगिमा पुरूष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमूहमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रत्येक तौल समूहको विजेताहरु मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुनेछन् । ओभरअल विजेता खेलाडीले मिस्टर महानगरको उपाधिसहित नगद पाँच लाख, ट्रफी र ब्यानेट पाउनेछ । प्रत्येक तौल समूहबाट प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः स्वर्ण, रजत तथा कांस्य पदकसहित नगद पुरस्कार पाउनेछन्। हरेक तौल समूहमा विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै चौथो र पाँचौं हुने खेलाडीले पनि क्रमशः १५ हजार र १० हजार रुपैयाँ र पदक पाउनेछन् ।

काठमाडौं महानगरपालिका वडा–२२ ले ‘व्यायाम गरौं, स्वस्थ रहौं’, ’स्वास्थ्यका लागि व्यायाम’, भन्ने नारासहित प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप गर्न लागेको हो । असार ६ गते तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रिजजिङ र फाइनल खेल हुने आयोजकले जनाएको छ। पहिलो संस्करणमा पुरुष खेलाडीको मात्र प्रतिष्पर्धा हुने भएको छ । अर्को वर्षबाट महिला तर्फबाट पनि प्रतिष्पर्धा गराउने काठमाडौं महहानगरपालिका वडा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा यो प्रतियोगिता हुन लागेको हो ।

यस प्रतियोगिताको अवसरमा शारीरिक सुगठन क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ३ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?