Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कर्मचारीहरूप्रति ऊर्जा मन्त्री खड्काको कटाक्षः कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ?


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीहरूको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् ।

मङ्गलवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आलोचना गरेका हुन् । उनले कर्मचारीको कामप्रति समर्पण नदेखिने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे । मन्त्री खड्काले समयमै सुधार नगरे हालको ढिलासुस्तीले देशलाई जटिल मोडमा पुर्याउने चेतावनी दिए । उनले व्यक्तिगत जिम्मेवारीबारे आत्म समीक्षा गर्न पनि कर्मचारीहरूलाई सुझाव दिए । मन्त्री खड्काले विदेश भ्रमण, रिफ्रेसमेन्ट र औपचारिकतामा समय खर्चिए पनि कार्यसम्पादनको सन्दर्भमा खासै प्रगति नदेखिएको गुनासो गरे । उनले काममा प्रतिवद्धता, परिणाममुखी सोच र स्वाभिमानी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरूलाई आग्रह समेत गरे ।

उनले भने, “तपाईँहरू लामो समयदेखि यहीँ काम गरेको कर्मचारी साथीहरू हुनुहुन्छ । यस्ता बजेट र खर्चहरू तपाईँहरूले पटक पटक हेरिसक्नुभयो । सुधार गर्ने ठाउँमा तपाईँहरू हुनुहुन्छ । तपाईँको जिम्मेवारीप्रति प्रश्न गरिराख्नुपर्ने कत्तिको मजाकको कुरा होला । आफैले आफैँलाई बेलुका यसो सुतेर मेरो मातहतमा के भयो भनेर सम्झिनुभयो भने के भन्नुहुन्छ, आफैँलाई ? यस्तो खालको अवस्थाले देशलाई कहाँ पु¥याउँछ ? आफ्नो काम के हो ? आफ्नो लगाव के हो ? उपलब्धि कसरी हासिल गर्ने भन्ने कुरामा ध्यान नदिने अनि भन्न पनि अप्ठ्यारो क्या । विदेश जाने भनेपछि आज आइहाले पनि भोलिपल्टै भए गइहाल्ने जस्तो छ, रिफ्रेसमेन्टमा हामी हिँडिरहने प्रगति चाहिँ नहुने । एक दुई जनाले मरेर काम गरिराखे पनि प्रगतिको हिसाबले एउटै डाँलोमा पर्ने, म पनि यहीँ डाँलोमा पर्ने भए, सचिवहरू पनि यहीँ डाँलोमा पर्ने, यो काँनिरको ल्यापसेस हो त हो ? के सुधार गर्नुपर्ने भो ? यसरी हामी कहाँ पुग्छौँ त ? यो गम्भीर प्रश्न छ ।”

उनले चालु आर्थिक वर्षको ११ महिना वितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको बताए । उनले प्रतिवद्धता र लक्ष्य अनुरूप कार्यसम्पादन हुन नसक्नु पनि चिन्ताको विषय भएको जिकिर गरे ।


प्रकाशित मिति: ३ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?