Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भारतीय प्रधानमन्त्री मोदीलगायत नेताद्वारा सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त


काठमाडौँ । भारतीय प्रधानमन्त्री मोदी लगायत नेताद्वारा सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्  । प्रधानमन्त्री मोदीले सन् २००१ मा संसद् भवनमा भएको आक्रमणमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर योद्धाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुको बलिदानले राष्ट्रलाई सदैव प्रेरणा दिने बताएका छन्  ।

सन् २००१ को डिसेम्बर १३ मा लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदले संसदमा आक्रमण गर्दा दिल्ली प्रहरीका पाँच, संसद सुरक्षा सेवाका दुई जवान, सीआरपीएफका एक जवान र एक मालीको मृत्यु भएको थियो । उक्त घटनाले भारत र पाकिस्तानबीच तनाव बढेको थियो ।

यसैगरी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले घटनामा शहादत प्राप्त गरेका सैनिकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सिङ्गो देश आतङ्कवादविरुद्ध उभिएको बताएका छन्  । उनले  भने , “सन् २००१ को संसद् आक्रमणमा मारिएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु । उनीहरुको बलिदानले हाम्रो राष्ट्रलाई सधैं प्रेरणा दिनेछ ।”

आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले संसद् आक्रमणका क्रममा आफ्नो ज्यानको आहुति दिने सैनिकहरूलाई श्रद्धाञ्जली वइक्त गर्दै भने , “कृतज्ञ राष्ट्रको तर्फबाट अमर शहीदहरूप्रति सम्मानपूर्ण श्रद्धाञ्जलि । आज हामीले संसद् भवनमा भएको आतङ्कवादी हमलामा शहीद भएका भारत माताका वीर सैनिकहरुलाई श्रद्धाञ्जलि अर्पण गर्दै स्मरण गरेका छौँ ।”

आप प्रमुखले सामाजिक सञ्जाल एक्समा लेखेका छन् , “आजको दिनले हामीलाई ती वीर सैनिकहरूको सम्झना गराउँछ, जसले संसद् भवनमा भएको आतङ्कवादी हमलामा देश र हाम्रो लोकतन्त्रको रक्षाका लागि आफ्नो जीवन बलिदान गरे । ती सबै बहादुर सैनिकहरूको अमर शहादतलाई लाखौं सलाम छ ।” श्रद्धाञ्जलिले सन् २००१ को डिसेम्बर १३ मा भारतीय संसदमा भएको भयानक आतङ्ककारी हमलाको स्मरण गराएको छ ।

सन् २००१ को डिसेम्बर १३ मा गृह मन्त्रालय र संसद्को लेबल भएको कारमा संसद् प्रवेश गरेका पाँच जना आतङ्ककारी मारिएका थिए । त्यतिबेला संसद भवनभित्र प्रमुख राजनीतिज्ञसहित १०० भन्दा बढी व्यक्ति थिए । बन्दुकधारीहरुले आफूले चलाएको कारमा परिचयपत्रको नक्कली स्टिकर प्रयोग गरी संसदीय परिसर वरपर तैनाथ सुरक्षाकर्मीलाई सजिलै झुक्याउन सफल भएका थिए । आतङ्कवादीहरूले एके ४७ राइफल, ग्रेनेड लन्चर र पेस्तोलद्वारा आक्रमण गरेका थिए ।


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?