Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यकः बोर्ड अध्यक्ष श्रेष्ठ


काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताएका छन्  ।

बुधवार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले  बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले  लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने उल्लेख गरे  ।

उनले  लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्ने बताए ।  उनले  लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी रहेको बताए  । उनले बोर्डसँगै पुँजीबजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताए  ।

उनले  पुँजीबजारको दायरा बढाउँदै लैजानुपर्ने बताए । उनले  अहिले सिमित रुपमा मात्रै भएर बसेको भन्दै पुँजीबजारको दायरा बढाउन स्टक ब्रोकर्सहरुको भुमिका पनि बढाउँदै लैजान आग्रह गरे ।  उनले  मार्केट स्टुमेण्टहरु ल्याउन आवश्यक रहेको भन्दै त्यसको लागि बोर्ड काम गर्न तयार रहेको बताए  ।

उनले भने  ,‘पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक हुन्छ । बोर्डले लगानीकर्ताको सुरक्षाको लागि लगानीकर्ताको मनोवल उच्च हुन आवश्यक छ । लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्नुहुन्छ । लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी हो । तर पनि पुँजीबजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्नुपर्छ । पुँजीबजारको दायरा बढाउँदै लैजानुपर्छ । अहिले सिमित रुपमा मात्रै भएर बसेको छ । स्टक ब्रोकर्सहरुको भुमिका पनि बढाउँदै लैजानुपर्छ । मार्केट स्टुमेण्टहरु ल्याउन आवश्यक छ । त्यसको लागि बोर्ड काम गर्न तयार छ । ठूला र रियल क्षेत्रका उद्योगहरुलाई लागत घटाउन मद्दत गर्छ ।’ 

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजीबजारलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले  नेपालको पुँजीबजारलाई विकास गर्नको निम्ती ब्रोकर व्यवसायीहरुले दिइएका सुझावलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।  उनले बोर्डले नयाँ अध्यक्ष पाएको भन्दै अध्यक्षले लगानी कर्ताहरुको हितमा काम गर्ने अपेक्षा रहेको पनि बताए  ।

उनले  पुजीबजारको विकासको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले  पुँजीबजारमा आम नागरिकमा रहेको विश्वासलाई गुम्न दिन नहुने बताए ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?