Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कोभिडबाट ८० लाखभन्दा बढी बालबालिका अनाथ


१४ चैत्र, एजेन्सी। कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ ।

कोभिड महामारीको प्रभावका सम्बन्धमा खोज गरेको इम्पेरियल कलेज, लण्डनका अनुसार महामारीको तीन वर्षको अवधिमा संयुक्त राज्य अमेरिकामा दुई लाख ३८ हजार पाँच सय बालबालिकाले अभिभावक गुमाएका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम नियन्त्रण केन्द्रले अभिभावक गुमाएका बालबालिका गरिबीतर्फ धकेलिएका, दुव्र्यवहारको जोखिममा रहेका, उनीहरूको शरीरिक एवम् मानसिक विकास तथा मानसिक स्वास्थ्यका साथै शिक्षामा चुनौती थपेको बताएको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै अभिभावक गुमाउने अमेरिकी छ राज्यमध्ये क्यालिफोर्निया पहिलो स्थानमा छ । न्युयोर्क राज्यले अभिभावक वा आफ्नो हरेचाह गर्ने गुमाएका बालबालिकाका निम्ति छात्रवृत्ति कोषमार्फत आर्थिक सहयोग गर्ने वैधानिक व्यवस्था गरेको छ । कोषबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा, आवासको प्रबन्ध गरिनेछ ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?