Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

काभा मेन्स भलिबल क्लव च्याम्पियनसिपः इरान यु १८ सेमिफाइनलमा


काठमाडौँ । इरानको यु–१८ टिमले काभा मेन्स भलिबल क्लव च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै काभा मेन्स भलिबल क्लव च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्  ।

भारतको क्यालीकटलाई सोझो सेटमा पराजित गर्दै इरानको युवा टिम एक खेल अगाडि नै सेमिफाइनलमा पुगेका हुन्  । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको क्यालीकट र इरानको टिमबीचको खेल प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर इरानको युवा खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रह्यो ।

पहिलो सेट प्रतिष्पर्धात्मक बनेपनि २७/२५ ले इरानले जिते  । एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालीकट खेलमा फर्कन सकेन । सहजै इरानको यु–१८ टिमले २५/२२ ले जिते  । खेलमा दुई शुन्यको स्पष्ट अग्रता कायम गरे  । २५/२० ले तेस्रो सेट पनि सहजै इरानले जिते । यो सोझो सेटको जितमा इरानले लगातार तेस्रो जित सहित ७ अंक बनाएका छन्  । इरानले यसअघि पहिलो खेलमा माल्दिभ्सको क्लव एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हराएका थिए  ।

पराजित क्यालिकटको भने यो दोस्रो हार हो । क्यालीकट पहिलो खेलमा टिमटप हेल्प नेपालसँग हारेका थिए  । दोस्रो खेलमा माल्दिभ्सको क्लव एचडिसीलाई हराएपनि आज इरानसँग सोझो सेटमा पराजित भए । उसले तीन खेलबाट मात्र ४ अंक बनाएका छन्  ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?