Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

काभा मेन्स भलिबल क्लव च्याम्पियनसिपः इरान यु १८ सेमिफाइनलमा


काठमाडौँ । इरानको यु–१८ टिमले काभा मेन्स भलिबल क्लव च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै काभा मेन्स भलिबल क्लव च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्  ।

भारतको क्यालीकटलाई सोझो सेटमा पराजित गर्दै इरानको युवा टिम एक खेल अगाडि नै सेमिफाइनलमा पुगेका हुन्  । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको क्यालीकट र इरानको टिमबीचको खेल प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर इरानको युवा खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रह्यो ।

पहिलो सेट प्रतिष्पर्धात्मक बनेपनि २७/२५ ले इरानले जिते  । एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालीकट खेलमा फर्कन सकेन । सहजै इरानको यु–१८ टिमले २५/२२ ले जिते  । खेलमा दुई शुन्यको स्पष्ट अग्रता कायम गरे  । २५/२० ले तेस्रो सेट पनि सहजै इरानले जिते । यो सोझो सेटको जितमा इरानले लगातार तेस्रो जित सहित ७ अंक बनाएका छन्  । इरानले यसअघि पहिलो खेलमा माल्दिभ्सको क्लव एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हराएका थिए  ।

पराजित क्यालिकटको भने यो दोस्रो हार हो । क्यालीकट पहिलो खेलमा टिमटप हेल्प नेपालसँग हारेका थिए  । दोस्रो खेलमा माल्दिभ्सको क्लव एचडिसीलाई हराएपनि आज इरानसँग सोझो सेटमा पराजित भए । उसले तीन खेलबाट मात्र ४ अंक बनाएका छन्  ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?