Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति


काठमाडौँ । सिमेन्ट उद्योगी व्यवसायीहरुले  सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन् ।

बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । छलफलपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरुले प्रतिवद्धता गरेको बताए  ।

उनकाअनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूहरुले सिमेन्ट उद्योगीहरु धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।

उनले  भने , ‘आजको बैठकमा जुन सिमेन्ट उत्पादकहरुले अत्याधिक मूल्य वृद्धि गर्नुभएको छ, त्यस विषयमा दुवै पक्षबीच छलफल भएको छ । काठमाडौंमा ७ सय रुपैयाँमा ओपिसी सिमेन्ट उपलब्ध गराउने भनेर उहाँहरुले प्रतिवद्धता जनाउनुभएको छ । काठमाडौंको भाडा भैरहवा र वीरगञ्ज कोरिडोरबाट १४० रुपैयाँ हुँदाखेरि सिमेन्टको मूल्य पाँच सय ४० रुपैयाँमा फ्याक्ट्रिमा हुने भएको छ । अहिले यसको मूल्य ६ सय ८० रुपैयाँ रहेको छ । यसरी नै छलफल गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । हाम्रो सुझाव चाहीँ उहाँहरुलाई के छ भने सिमेन्ट उद्योगीहरु धराशायी हुने गरेर बजार भाउ पनि राख्नु भएन । बजार घाटालाई हेरेर जसरी उहाँले अहिले फ्याक्ट्रिमा सात सय रुपैयाँ पु¥याउनु भएको छ । त्यसलाई समायोजन गर्नुप¥यो भनेर हामीले मन्त्रीको रहोबरमा छलफल ग¥यौं । आफ्ना आफ्ना समस्याहरु राख्ने काम भएको छ । अब यही अनुसार सिमेन्ट व्यवसायीहरुले काठमाडौंमा ७०० रुपैयाँमा ओपिसी सिमेन्ट र ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध गराउने हाम्रो बीचमा सहमति भएको छ । त्यो स्वागतयोग्य छ ।’

सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूचि छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरे  ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?