Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई शुरु


काठमाडौँ । श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई शुरु भएको छ ।

बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गरेका हुन्  । सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काको लागि नेपालको आवासीय राजदुत पदमा नियुक्तिका लागि सिफारिस गरेका थिए  ।

समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रश्तावित राजदुत नेपालीको संसदीय प्रक्रिया शुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रश्तावित राजदुतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिए । उनले  साथै प्रश्तावित राजदुत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताए ।

नेपालको संविधानबमोजिम सङ्घीय संसद, संसदीय सुनुवाइ समितिबाट सुनुवाई सम्पन्न भएपश्चात राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?