Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

इस्तानबुल एयरपोर्टले ३ रनवेमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन गर्ने


काठमाडौँ । टर्कीको सबैभन्दा ठूलो उड्डयन केन्द्र इस्तानबुल एयरपोर्टले बढ्दो यात्रु क्षमता समायोजन गर्न तीनवटा रनवेमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन गर्ने भएका  छन् ।

यातायात र पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले यस्तो घोषणा गरेका हुन् । १७ अप्रिल, २०२५ इस्तानबुल एयरपोर्टमा सबै तीन रनवेहरूमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन शुरु गर्ने उनको भनाइ छ ।

यसले परिचालन ढिलाइ कम गर्न अनुमति दिने बताए । साथै इन्धन वचत र उडान दक्षता अधिकतम गर्न सकिने उनको भनाइ छ । यसको विस्तार योजना अन्तर्गत २०२८ सम्ममा विमानस्थलमा छ वटा रनवे हुनेछन् । नयाँ धावनमार्गहरू सञ्चालनमा आएसँगै हवाई यातायात सञ्चालनको दक्षतामा थप सुधार हुने बताए  ।

एयरपोर्टले गत वर्ष लगभग ७६ मिलियन यात्रुहरूलाई सेवा दिएका थिए । २०२४ मा ८१ मिलियनको संख्यामा पुग्ने लक्ष्य छ । इस्तानबुल एयरपोर्ट आधिकारिक रूपमा अक्टोबर २०१८ मा खोलिएको थियो । अप्रिल २०१९ को शुरुमा पूर्ण रूपमा सञ्चालनमा आएको थियो ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?