Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इस्तानबुल एयरपोर्टले ३ रनवेमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन गर्ने


काठमाडौँ । टर्कीको सबैभन्दा ठूलो उड्डयन केन्द्र इस्तानबुल एयरपोर्टले बढ्दो यात्रु क्षमता समायोजन गर्न तीनवटा रनवेमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन गर्ने भएका  छन् ।

यातायात र पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले यस्तो घोषणा गरेका हुन् । १७ अप्रिल, २०२५ इस्तानबुल एयरपोर्टमा सबै तीन रनवेहरूमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन शुरु गर्ने उनको भनाइ छ ।

यसले परिचालन ढिलाइ कम गर्न अनुमति दिने बताए । साथै इन्धन वचत र उडान दक्षता अधिकतम गर्न सकिने उनको भनाइ छ । यसको विस्तार योजना अन्तर्गत २०२८ सम्ममा विमानस्थलमा छ वटा रनवे हुनेछन् । नयाँ धावनमार्गहरू सञ्चालनमा आएसँगै हवाई यातायात सञ्चालनको दक्षतामा थप सुधार हुने बताए  ।

एयरपोर्टले गत वर्ष लगभग ७६ मिलियन यात्रुहरूलाई सेवा दिएका थिए । २०२४ मा ८१ मिलियनको संख्यामा पुग्ने लक्ष्य छ । इस्तानबुल एयरपोर्ट आधिकारिक रूपमा अक्टोबर २०१८ मा खोलिएको थियो । अप्रिल २०१९ को शुरुमा पूर्ण रूपमा सञ्चालनमा आएको थियो ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?