Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात मिलेको छैनः शिक्षामन्त्री भट्टराई


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन गरेको बताएका छन्  ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताएका हुन्  । विद्यालय शिक्षाको दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले गठन गरेको कार्यदलले काम शुरु गरिसकेको बताए  ।

उनले प्राविधिक तथा व्यवसायिक शिक्षाको आजको आवश्यकता र विगतको अभ्यासका आधारमा पाठ्यक्रम पुनःसंरचना गर्न जरुरी रहेको बताए  । प्राविधिक तथा व्यवसायिक शिक्षाको पाठ्यक्रम पुनःसंचना गर्न समेत योजना आयोगका सदस्यको संयोजकत्वमा कार्यदल गठन भएको बताएका छन् ।

कार्यदलले १५ दिनपछि प्रतिवेदन बुझाउने र प्रतिवेदनको आधारमा मन्त्रालयले थप प्रक्रियाहरु अगाडि बढाउने उनको भनाइ छ । विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो समितिबाट पारित गर्नुपर्नेमा उनको जोड छ ।

उनले भने , ‘यो विधेयक शिक्षा नीति, २०७६, त्यतिबेला भएको पन्ध्रौँ योजना, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र संविधानलाई स्रोत मानेर ल्याइएको हो । विधेयकका सम्बन्धमा मन्त्रालयले केही तयारी गरिसकेको छ । त्यो के हो भन्दा प्राविधिक तथा व्यवसायिक शिक्षाको आजको आवश्यकता के हो ? र हामीसँग भएका अभ्यासहरु के हुन् भन्ने आधारमा यसलाई पुनःसंरचना गर्नुपर्ने भएकाले कार्यदल बनाएर योजना आयोगको सदस्यको संयोजकत्वमा कार्यदल बनाएका छौं । कार्यदलल अहिले काम गरिरहेको अवस्था छ । १५ दिनपछि त्यो प्रतिवेदन आउँछ र त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर प्रक्रियामा जान्छौं । प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षाको हाम्रो आजको पाठ्यक्रम कस्तो छ ? त्यो सान्दर्भिक छ कि छैन भन्नेबारेमा दुई महिना अगाडि नै अध्ययन गरेर प्रतिवेदन आइसकेको छ । पाठ्यक्रम परिमार्जनको खाका हामीले बनाइसकेका छौं । तर यी कुराहरु विधेयकमा पनि समावेश गरेर जान सकिन्छ भन्ने नै मलाई लाग्छ । यी कुराहरु सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्न सकिन्छ । अर्को, दरबन्दिको कुरा बारम्बार उठिरहेको कुरा हो  । शिक्षक र विद्यार्थीबीचको अनुपात मिलेको छैन । विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात मिलेको छैन । अब हामीले दरबन्दि पनि पुनरावलोकन गरौं । विद्याालय शिक्षा कक्षा १२ सम्मको दरबन्दी पुनरावलोकन गरौं भनेर पूर्वसचिवको संयोजकत्वमा यो काम पनि शुरु भइसकेको छ ।’ 

उनले विधेयकमा भएका विवादका विषयहरुको समाधान खोज्न राजनीतिक सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए  ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?